| सोमवार, कार्तिक २३, २०८३

चौधौं पश्चिमकाली मेला समापन, तीन लाख रुपैयाँको कारोबार

 

चौधौं पश्चिमकाली मेला २०७६ समापन भएको छ ।
नयाँबर्षको अबसरमा गोरखा नगरपालिका ५ पश्लाङको पश्चिमकाली मन्दिर परिसरमा आयोजित दुईदिने मेलाको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले समापन गरे ।
स्थानिय कला, संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धन गर्न मेलाले सघाएको समापन कार्यक्रमका बक्ताले बताएका थिए । ‘समृद्ध गोरखा हाम्रो पहिचान कला, संस्कृति र पर्यटन प्रबर्दन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको मेलाको करीब पाचँ हजार दर्शकले अबलोकन गरेको आयोजक पश्चिमकाली तथा खड्ग देवी मन्दिर ब्यबस्थापन एंव संरक्षण संस्थाले जनाएको छ ।
दुईदिने मेलाकै अबसरमा सोमबार वडास्तरीय नृत्य प्रतियोगिता भएको छ ।
प्रतियोगितामा वडा नं ७ पहिलो, वडा नं ५ दोस्रो र वडा नं ६ सान्त्वना भएका छन् ।
पहिलो, दोस्रो र सान्त्वना स्थान प्राप्त गरेका समुहले क्रमश नगद १५ हजार, १० हजार, र दुई हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा सहभागीताका लागि अनय वडाका समुहको मापदण्ड नपुगेपछि तिनवडा मात्र सहभागि थिए ।
मेलामा पञ्चेबाजा, मिरकोटको भजन, गोरखा कला मन्दिर र कालिका सांस्कृतिक कला केन्द्र र गोरखा मल्टिट्यालेन्ट ग्रुप लगायतले सांगीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
मेलामा राखिएको दश वटा खानाका परिकारको स्टलमा करीब तिन लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष टेकबहादुर थापा मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा मन्त्री थापा, वडाअध्यक्ष रामकुमार थापा मगर, नगर सदस्य रोहित बोहरा, संस्थाका सल्लाहकार सारदाप्रसाद भट्टराई लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्