| सोमवार, कार्तिक २३, २०८३

काठमाडौंमा बस्ने चुमनुब्रीबासी संगठित

काठमाडौंमा बस्दै आएका गोरखा चुमनुब्री गाउँपालिकाका बासिन्दा संगठित भएका छन् ।

सुख तथा दुख बाँड्ने उद्देश्यले जगतका वीरबल घलेको अध्यक्षतामा चुमनुब्री मिलन समाज गठन गरिएको सो भेलाका संयोजक दिपेश गुरुङले जानकारी दिए ।
भेलाले ल्होका छेवाङ ग्याल्जेन लामालाई उपाध्यक्ष, सिर्दिबासका विष्णुबहादुर गुरुङलाई सचिव, प्रोकका साङ्गे लामालाई सहसचिव र सिर्दिबासकी जोनिशा गुरुङलाई कोषाध्यक्षमा चयन गरेको छ ।


नव गठित समाजका सदस्यहरुमा बिहीका नवीन गुरुङ, छेकम्पारका कर्म सम्दुक लामा, सामागाउँका ठिले लामा रहेका छन् । त्यस्तै सल्लाहकार समितिमा इमानसिँह गुरुङ, निमा लामा, लाक्पा डुण्डुप लामा, झ्याम्याङ लामा, हिरालाल गुरुङ रहेका छन् । सो भेलाले चुमनुब्री गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सातवटै वडाका अध्यक्षहरुलाई संरक्षकमा चयन गरेको छ ।
समितिमा चुम्चेतका प्रतिनिधि नपरेकाले अर्को बैठक बसी सो वडाका प्रतिनिधिलाई समेट्ने अध्यक्ष वीरबल घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्