
माेटरसाइकल दुर्घटनामा गोरखाका अनिस बानियाँको मृत्यु
धादिङ बस र माेटरसाइकल आपसमा ठाेक्किँदा भीमसेनथापा गाउँपालिका एकजनाको ज्यान गएकाे छ ।
धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पेट्रोल पम्प नजिक शनिबार बिहान बस र माेटरसाइकल आपसमा ठाेक्किँदा गोरखाका अनिस बानियाँको ज्यान गएको हो ।
भीमसेनथापा गाउँपालिका वडा नं १ का २० वर्षीय बानियाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ७४६५ नम्बरको बस विपरीत दिशातर्फ जाँदैगरेको बा ७४ प ६७६८ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा मोटरसाइकल चालक बानिया घाइते भएका थिए ।




