| शुक्रबार, साउन २८, २०८३

सत्यम होटल पुन सञ्चालनमा

 

भूकम्पपछि बन्द रहेको गोरखाको होटल सत्यम चारबर्षपछि पुन सञ्चालनमा आएको छ । हरमटारीको जिविसचोकमा नवनिर्मित होटल सत्यम गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।
२०७२ बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएपछि होटल सत्यम बन्द भएको थियो ।
नयाँबर्षको अवसर पारेर आयोजित होटल उद्घाटन समारोहमा बोल्दै मेयर पन्तले नवनिर्मित होटलले गोरखामा आउने पर्यटकलाई गुणस्तरीय सेवा दिई आकर्षण गर्ने विश्वास व्यक्त गरेका थिए । जिल्लामा भित्रिएका स्वदेशी, विदेशी पर्यटक होटल अभावका कारण बाहिरिनु पर्ने अबस्थाको अन्त्य हुनुपर्ने बताएका थिए । साथै होटल व्यबसाय सञ्चालन गरेर युवाहरुले स्वरोजगार हुने काम गरेको भन्दै उनले प्रशंसा गरेका थिए ।
करिब ७० जना अट्ने क्षमताको होटल सत्यममा २५ वटा कोठाहरु रहेका छन् । जसमा लक्जरी डिलक्स कोठा तीनवटा र अन्य डिलक्स कोठाहरु रहेका होटलका प्रबन्ध निर्देशक अञ्जनबाबु खत्रीले जानकारी दिए ।
होटलमा १२५ जना क्षमताको सेमिनार हल र ४० जना क्षमताको बैठक हल रहेको छ । साथै अव्यवस्थित पार्किङलाई व्यबस्थित गर्न अण्डरग्राउण्ड पार्किङ रहेको छ । साथै पाहुनाले किचनमा तयार भएको खानेकुरा प्रत्यक्ष हेरेर खान पाउने व्यवस्थाका लागि पारदर्शी किचनको ब्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्