
गोरखा संग्रहालय नयाँ बर्षको दिनमा खुल्ला रहने
गोरखा संग्रहालय नयाँ बर्षको दिनमा पनि खुल्ला रहने भएको छ । २०७६ साल बैशाख १ गते नयाँ बर्षमा सरकारले सार्वजनिक विदा दिएपनि संग्रहालय खुल्ला रहने भएको हो ।
दर्शक तथा पर्यटकको आग्रहलाई मध्यनजर गर्दै संग्रहालय खुल्ला राख्ने निर्णय भएको संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘नयाँ बर्षमा नयाँ ठाउँमा घुम्न जाने चलन बढ्दो छ’ उनले भने ‘गोरखाको पर्यटकिय गन्तब्यका रुपमा संग्रहालय पनि पर्दछ । पर्यटकहरुले नयाँ बर्षमा संग्रहालय बन्द नगर्न अनुरोध गर्नुभयो । त्यसैले हामीले पर्यटकको सुविधाका लागि संग्रहालय खुल्ला राख्ने निर्णय गरेका हौं ।’
तल्लो दरबारका रुपमा चिनिने संग्रहालय सर्वसाधारणलाई खुल्ला गरेपछि पहिलो पटक नयाँबर्षको दिन खुल्ला रहने उनले जानकारी दिए ।




