
वाणिज्य वैंक नयाँबर्षको दिनमा पनि खुल्ने
राष्टिूय वाणिज्य बैङ्कको गोरखा शाखा नयाँबर्षको दिन पनि सञ्चालन हुने भएको छ ।
देशभरका सबै शाखा सञ्चालन गर्ने निर्णय अनुसार नयाँ वर्षको दिन गोरखा शाखा पनि पनि खुल्ने भएको हो ।
नेपाल सरकारले शुरु गर्न लागेको ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैङ्क खाता’ भन्ने अभियान अन्तर्गत नयाँ वर्षको दिन बैङ्क खुल्ला रहने शाखाका प्रबन्धक महेन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
बैशाख १ गते बिहान १० वजेदेखि दिउँसो १ वजेसम्म मात्र बैङ्कका शाखा खुल्ला राखी खाता खोलिने तिमिल्सिनाले बताए ।
खाता खोल्ने प्रयोजनका लागि मात्रै बैङ्क खुल्ला रहने भएकाले अन्य कारोबार भने नहुने उहाँले स्पष्ट पारे । नयाँ खाता खोल्नका लागि अन्य बैङ्कमा हालसम्म खाता नभएको स्वघोषणा गर्नुपर्ने तिमिल्सिनाले बताए । यो अभियान अन्तर्गत नयाँ खाता खोल्दा ग्राहकको खातामा बैङ्कले १ शय रुपैया जम्मा गरदिने उनको भनाई छ ।




