
गोरखामा इसुजु ब्राण्डका गाडीको सो रुम सञ्चालनमा
गोरखामा इसुजु ब्राण्डका गाडीको सो रुम सञ्चालनमा आएको छ । इसुजु ब्राण्डको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारीक विक्रेता रेज मोटर्स प्रालिले गोरखा नगरपालिका ८ पेट्रोल पम्प नजिकै सो रुम सञ्चालनमा ल्याएको हो । सो रुमको गोरखा नगरपालिकाकी उप प्रमुख विनाकुमारी श्रेष्ठले उद्घाटन गरिन् । सो रुममा इसुजु ब्राण्डका सबै प्रकारका पिक अप भ्यान, जिप, कार बिक्री गरिने गोरखा स्थित बिक्रेता भाई किराना स्टोर्सका सञ्चालक हरी रोकाले जानकारी दिए । कार्यक्रममा गोरखा नगरपालिकाकी उप प्रमुख श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, रेज मोटर्स प्रालिका अशोक चालिसे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।




