| सोमवार, कार्तिक २३, २०८३

व्यवसायिक तरकारीखेती सम्बन्धी तालिम

गोरखा नगरपालिका ३ नारेश्वरका महिलाका लागि ब्यवसायिक तरकारी खेती सम्बन्धी पाँच दिने तालिम मंगलबारबाट सुरु भएको छ ।
संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्टूपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत छनौट भएका महिलाहरुका लागि तालिम शुरु भएको हो । सो कार्यक्रम अन्तर्गत नारेश्वरको २२ वटा टोल विकास संस्थाबाट ३० जना महिला छनौट भएका थिए । महिला समूह वा महिलामात्रै सदस्य रहेको सहकारीले सो कार्यक्रमका लागि प्रस्ताव पेश गर्नुपर्ने शर्त अनुसार स्थानीय पशुपति बचत तथा ऋण सहकारी संस्था छनौट भएको थियो । सोही सहकारीको आयोजनामा तालिम शुरु भएको हो । ५ दिनको तालिमसँगै महिलाहरुले तरकारी खेतीका लागि १७ हजार रुपैयाका दरले नगद अनुदान पाउनेछन् । सहकारीकी अध्यक्ष सम्झना देवकोटाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, वडाध्यक्ष राम बाबु बोगटी, वडा स्तरीय कृषक सञ्जाल संयोजक प्रेमकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्