| सोमवार, कार्तिक २३, २०८३

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी

गोरखा नगरपालिकास्तरीय परीक्षाको नतिजा सार्वजनिक

 

गोरखा नगरपालिकाले नगरस्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ । फागुन २९ गतेबाट चैत ८ गतेसम्म भएको कक्षा ८  र कक्षा ५ को परीक्षाको नतिजा आइतबार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको नतिजा अनुसार एक हजार दुई सय २९ परिक्षार्थी सहभागी कक्षा ८ को परीक्षामा नौ सय ८० जना नौ कक्षा पढ्न योग्य देखिएका छन् ।

ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिएको नतिजा अनुसार ३.६ देखी ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ छ । दुई सय ६ जनाले ३.२ देखी ३.६ जिपिए ल्याएका छन् । २.८ देखी ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या २५३ रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै, तिन सय ४२ जनाले २.४ देखी २.८ जिपिए ल्याएका छन् । २५३ जनाले  २ देखी  २.४ जिपिए र ९८ जनाले १.६ देखी २ जिपिए ल्याएका छन् । चार जनाले १.२ देखी १.६ जिपिए ल्याएका छन् ।

आइतबार सार्वजनिक गरिएको नतिजा अनुसार दुई सय ४८ विद्यार्थी कक्षा नौ मा भर्ना हुन नमिल्ने शिक्षा शाखाका धुब्रराज अर्यालले जानकारी दिए । ‘उनिहरु ग्रेडवृद्धि परिक्षामा सहभागी भएर ग्रेडवृद्धि गरेमा भने यहि बर्ष माथिल्लो कक्षा पढ्न सक्छन्’ उनले भने । गतबर्षको तुलनामा यो बर्ष कक्षा ८ को परीक्षाको नतिजामा सुधार भएको उनले जानकारी दिए । ‘गतबर्ष कुल परीक्षार्थीमध्ये ६१ प्रतिशतमात्रै नौ कक्षा पढ्न योग्य थिए’ उनले भने ‘ यो बर्ष  ७९ प्रतिशत नौ कक्षा पढ्न योग्य छन्, ग्रेडवृद्धिको परीक्षा गरेपछी फेरी यसमा समीक्षा गर्न सकिन्छ ।’ कक्षा ८ को परीक्षामा ३१ विद्यालयका विद्यार्थी  सहभागी थिए । तिमध्ये २१ सामुदायिक विद्यालयका विद्यार्थी थिए ।

यसैगरी कक्षा ५ को नगरस्तरीय परिक्षाको नतिजा अनुसार  एक हजार नौ जना ६ कक्षामा पढन योग्य भएका छन् । ३.६ देखी ४जिपिए ल्याउने विद्यार्थीको संख्या एक सय ४४ छ । दुई सय ९३ जनाले ३.२ देखी ३.६ जिपिए ल्याएका छन् । २.८ देखी ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या तिन सय पाँच छ ।

यस्तै, दुई सय १३ जनाले २.४ देखी २.८ जिपिए ल्याएका छन् । एक सय १० जनाले  २ देखी  २.४ जिपिए र ४७ जनाले १.६ देखी २ जिपिए ल्याएका छन् । सात जनाले १.२ देखी १.६ जिपिए र दुई जनाले ०.८ देखी १.२ जिपिए ल्याएका छन् । कक्षा ५ को परीक्षामा ३५ सामुदायिक र १४ संस्थागत गरी कुल ४९ विद्यालयका  एक हजार एक सय १२ परीक्षार्थी सहभागी थिए ।  गतबर्ष दुई विषयसम्म ग्रेडवृद्धिको सुविधा दिएपनि यो बर्ष सबै विषयमा ग्रेडवृद्धिका लागि खुल्ला गरिएको शिक्षा शाखाका अर्यालले जानकारी दिए । ‘डि भन्दा मुनिका ग्रेड पाएका विद्यार्थी वा स्वइच्छाले ग्रेडवृद्धि परिक्षामा सहभागी हुन चाहने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराईन्छ’ उनले भने ‘बैशाख ८ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागीताका लागि बैशाख ४ गतेभित्र विद्यार्थीले निवेदन दिईसक्नुपर्छ ।’ नतिजामा चित्त नबुझे पुर्नयोगका लागी चैत २९ गतेभित्र सम्पर्क गर्नुपर्ने उनले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्