| आइतवार, कार्तिक २२, २०८३

निर्धारित समयभन्दा तीन महिना अघि सकिएको खानेपानी आयोजनाको मन्त्रीद्वारा उद्घाटन

गोरखाको धार्चे गाउँपालिका ७ मा लापुवेसीमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।
आयो जनाको गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । तोकिए को समय भन्दा तीन महिना अघि नै आयोजना निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको ३० लाख रुपैयाँको लागतमा गत मंसिरबाट आयोजना निर्माण सुरु भएको थियो । आयोजना अन्तरगत लापुबेसीका ४० घरमा घरैपिच्छे धारा जडान गरिएको छ । उपभोक्ता समितिको सक्रियता र कार्यालयको नियमित अनुगमन तथा प्राविधिक सहयोगले आयोजना छिटो निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख तुल्सी बस्नेतले बताए ।
आयोजना अन्तरगत १४ हजार लिटर क्षमताको टयांकी निर्माण भएको छ । सर्पुडाँडा मुलमा इन्टेक निर्माण गरि चारसय मिटरको दुरीमा रहेको वस्तीमा पानी वितरण गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्