
नापतौलका यन्त्र जाचँ
गोरखाका ब्यबसायीले प्रयोग गर्दै आएका नापतौलका यन्त्र जाचँ तथा अनुमति पत्र वितरण गरिएको छ ।
नापतौल गुणस्तर कार्यालय पोखराबाट आएको डोर मुकाम टोलीले चैत १९ गतेदेखी २३ गतेसम्म सुनचाँदी तथा विभिन्न पेशा तथा व्यवसाय गर्ने व्यवसायीहरुले प्रयोग गर्ने ढक, तराजु, मिटर, लिटरको जाचँ गरेको हो ।
गोरखा उद्योग वाणिज्य संघ गोरखाको समन्वयमा जिल्ला सदरुमकाम सहित आरुघाट बजार क्षेत्रमा भएको कार्यक्रममा चार सय ८५ व्यवसायीले सेवा लिएका छन् ।
गुणस्तर तथा नापतौल कार्यालयका निरिक्षक युवराज अधिकारीको नेतृत्वमा आएको टोलीले
नापतौल यन्त्रको जाँचका साथमा अनुमति पत्र नविकरण तथा नयाँ अनुमति पत्र वितरण लगायत पुनः जाँच गर्ने सेवा उपलब्ध गराएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठले जानकारी दिए ।




