| सोमवार, कार्तिक २३, २०८३

नाम्जुङका बाख्रापालक किसान संगठित

गोरखाको शहिद लखन गाऊँपालीका ९ नाम्जुङका बाख्रापालक किसान संगठित भएका छन् । सो वडाका किसानहरुले कृष्ण श्रेष्ठको अध्यक्षतामा वडास्तरीय बाख्रापालन समूह गठन गरेका हुन् ।

संगठित रुपमा बाख्रापालन गर्दा एक अर्काको अनुभव आदानप्रदान लगायतका विषयमा सजिलो हुने भएकाले समूह गठन गरिएको सदस्य गीता खनालले बताईन् ।

बाख्रापालन समूहलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ब्याडको बोका, घाँसको विऊ तथा जुका र किर्ना नाशक औषधी उपलब्ध गराएको छ ।

कार्यालयको आयोजनामा सो वडाका किसानलाई बाख्रापालन सम्बन्धी तालिम पनि दिइएको केन्द्र प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले बताए । तिनदिन चलेको तालिममा वडाका ३० जना बाख्रापालक किसानको सहभागीता थियो । तालिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका रामप्रसाद देवकोटा, डाक्टर जीवन पोखरेल, ध्रुव केसी र सुदीप विकले सहजीकरण गरेका थिए ।

वडाध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाऊँपालीका अध्यक्ष रमेश थापामगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्