| आइतवार, कार्तिक २२, २०८३

ओम बैंकद्धारा मनकामना मन्दिरलाई सहयोग

गोरखाको मनकामना मन्दिर जिर्णोद्धारका लागि ओम डेभलपमेन्ट बैंकले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई रकम हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सो रकम सहयोग गरेको बैंकको गोरखा शाखाका प्रबन्धक केशव रेग्मीले बताए । मन्दिरको जिर्णेाद्धार सम्पन्न भैसकेकाले प्राप्त रकमले मन्दिरको पुर्वाधार विकास गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्