| आइतवार, कार्तिक २२, २०८३

पालुङटारका मेयर कंडेलको भत्ताबाट गरीबको स्वास्थ्य विमा गरिने

पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलले भत्ता बापतको रकम विपन्न तथा असाहाय समुदायको स्वास्थ्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

नगर प्रमुखका हैसियतमा प्राप्त हुने भत्ता रकमले नगरका गरिब तथा असहाय वर्गको स्वास्थ्य बिमा गराउने उनले घोषणा गरेका हुन् ।

रकम अभावकै कारण नगरवासी उपचारबाट बञ्चित हुन नपरोस भनेर भत्ता रकमले विपन्न समुदायको स्वास्थ्य विमा गराउने उनले बताए । ‘एकबर्षमा करीब एक लाख रुपैयाँ सकंलन भएको छ’ उनले भने ‘त्यो रकमले नगरपालिकाको हरेक वडाका पाँच परीवारको स्वास्थ्य विमा गराउने निर्णय गरेको छु ।’

वडा कार्यालयको सिफारीसमा स्वास्थ्य विमा गराउने मेयर कडेंलले जानकारी दिए । सरकारले गरीब नागरीकलाई निशुल्क स्वास्थ्य विमा गराउने भनेपनि कार्यान्वयनमा नआएकाले यस्तो निर्णय गरेको उनको भनाई छ ।
स्वास्थ्य बीमा गर्न पाँच सदस्य भएको परिवारले वार्षिक २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।

पाँचजनाभन्दा बढी परिवारका सदस्य भए प्रति सदस्य ४५० रुपैयाँ थप तिर्नुपर्छ । बीमा गर्ने व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट निशुल्क औषधि, ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायतका उपचारमा बार्षिक ५० हजार बराबरको स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्