सरस्वती माविको अस्थायी टहरा हावाहुरीले उडायो
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ को एक विद्यालयको अस्थायी टहरा हावाहुरीले उडाएको छ । बोर्लाङको सरस्वती माध्यामिक विद्यालयको टहरा सोमबार साँझको हावाहुरीले उडाएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेलले जानकारी दिए । विद्यालयको पक्की भवन जाईकाको सहयोगमा निर्माण भैरहेकाले सो टहरामा नै विद्यार्थी पढ्दै आएका थिए ।




