
आँबुखैरेनी गाउँपालिकाद्वारा लोकसेवाको तालिम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकाले लोक सेवा आयोगको परीक्षाका लागि तयारी कक्षा सुरु गरेको छ । गाउँपालिका भित्रका युवाहरुलाई सरकारी सेवा प्रबेशमा सहज बनाउनका लागि आइतबारबाट कक्षा शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत बजेट निती तथा कार्यक्रम अनुसार कक्षा सुरु गरेको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताए । तयारी कक्षामा आँबुखैरेनी गाउ ँपालिकाका ३६ जनाको सहभागिता छ । कक्षा ३० दिनसम्म चल्ने गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले बताए ।




