
पालुङ्टार नगरपालिका भित्रका विद्यालयका व्यबस्थापन समितिको सञ्जाल गठन
गोरखाको पालुङटार नगरपालिकाको सामुदायिक विद्यालयका ब्यबसस्थापन समितिका अध्यक्षहरु संगठित भएका छन् ।
नगरपालिका भित्रका ४४ वटै सामुदायिक विद्यालयका अध्यक्षहरु को भेलाले प्रकाश न्यौपानेको अध्यक्षतामा पालुङटार सामुदायिक विद्यालय ब्यस्थापन समिति महासंघ गठन गरेको हो। समितिको उपाध्यक्षमा राकेश तामाङ, महासचिव प्रेमबहादुर खड्का, सचिव पदम प्रसाद पोख्रेल र कोषाध्यक्ष वलराम थापा रहनुभएको छ ।
समितिको सदस्यमा रत्नबहादुर दानकोटी ,गोपाल अधिकिरी, कृष्णबहादुर थापा, सूर्य न्यौपाने, रामबहादुर गरूङ, राम बहादुर रानाभाट, तुलाराम तामाङ, जनक भट्ट, देवीलाल कुमाल, अमृत कालाखेती, प्रेमबहादुर कुमाल, टेकबहादुर मल्ल र अमृतबहादुर लामा रहेका छन् ।
महासंघले शैक्षिक स्तर उकास्नका लागि एक आपसमा समन्वय र सहकार्य गर्ने अध्यक्ष न्यौपानेले बताए ।




