
कृष्णज्योतीको महायज्ञबाट ५० लाख संकलन
दरौंदी : सिरानचोक गाउँपालिका ६ महटारको कृष्णज्योती माध्यामिक विद्यालयले भबन निर्माण गर्न लगाएको महायज्ञबाट ५० लाख रुपैंया संकलन भएको छ । कृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समितिले आयोजना गरेको महायज्ञबाट सो रकम संकलन भएको संयोजक भिम बगालेले बुधवार एक प्रेस बिज्ञप्ती जारी गर्दै जानकारी दिए ।
संकलित रकमले भारतीय दूतावाबासको सहयोगमा बनाइने भवनका लागि जग्गा खरिद गरिने प्रधानाध्यापक रुद्रबहादुर भट्टले बताए । जग्गा खरिद गर्न विद्या लयले स्थानीयबासीसंग चन्दा संकलन पनि गरेको छ । महायज्ञ सञ्चालमा करिब पाँचलाख रुपियाँ खर्च भएको र बाँकी रकमले जग्गा खरिद गर्ने प्रअ भट्टले बताए । महायज्ञका संयोजक बगाले आफैँले दुई लाख नगद सहयोग गरेका छन् । महायज्ञमा ओम प्रकाश पुडासैनी, अर्जुन बोहोरा, सादुराम पुलामी, राजकुमार दवाडी, प्रेमप्रसाद वस्ती, पुर्णचन्द्र प्रधान र गण्डकी प्रदेशका संसाद प्रकाशचन्द्र दवाडीले एक लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका महायज्ञका आर्थिक संयोजक बगालेले बताए । सो विद्यालयमा दुई सय ८० जना विद्यार्थी पढ्छन् ।




