| आइतवार, कार्तिक २२, २०८३

बन्दको दिन बिहानै गोरखामा भेटिए दुई ठाउँमा शंकास्पद बस्तु

बिप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।
तारले जेलिएको र टेप टाँसिएको कुकर झोलामा राखेर सडकमा छाडिएको अबस्थामा भेटिएको उनले बताए ।

बम हुन पनि सक्ने आशंकामा सो बस्तु निस्कृय बनाउन नेपाली सेनाको टोली सो स्थलमा पुगिसकेको रणसिँह दल गणका गणपति चन्दनसिँह थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्