| आइतवार, कार्तिक २२, २०८३

मनकामना केवलकार दुई दिन बन्द हुने

देशकै सबैभन्दा जेठो केवलकार मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको क्रममा आउँदो बिहिबार र शुक्रबार बन्द हुने केवलकारका स्टेशन मेनेजर डिएन कायस्थले जानकारी दिए ।
‘हरेक चार–चार महिनामा केवलकार मर्मत सम्भार गर्ने गरेका छौं’, कायस्थले भने, ‘फागुनको ३० गते र चैत १ गते पनि मर्मत सम्भार गर्दैछौं । मर्मत सम्भार हुने दिन केवलकार बन्द हुनेछ ।’ मर्मतसम्भारका का लागि कहिले दुई दिन, कहिले तीनदिन पनि केवलकार बन्द हुने उनले बताए ।


मनकामना केवलकारबाट दैनिक करिब तीनहजार यात्रु आवतजावत गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्