| सोमवार, कार्तिक २३, २०८३

सहिद लखनमा कक्षा आठको परीक्षा केन्द्र निर्धारण

शहिद लखन गाउँपालिकाले कक्षा ८ को परिक्षा सञ्चालनको लागि केन्द्र निर्धारण गरेको छ । कक्षा ८ को परिक्षा सञ्चालनका लागि ८ वटा परिक्षा केन्द्र निर्धारण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र परीयारले जानकारी दिए ।
बक्रेश्वरी मावि, मनकामना मावि, सिञ्जाली मावि, जलदेवि मावि, भगवती हिमालय मावि, जनशक्ति मावि, शहिद स्मृति मावि र रामेश्वरी मावि परिक्षा केन्द्र निर्धारण गरिएको हो । फागुन २९ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन हुने कक्षा ८ को परीक्षामा शहिद लखन गाउँपालिकाका १७ विद्यालयका चार सय १० विद्यार्थी सहभागी हुदैछन् ।
परिक्षाको तयारी अन्तरगत केन्द्राध्यक्षका लागि अभिमुखिकरण कार्यक्रम भएको छ । गाउँपालिकाका अध्यक्ष रमेश थापा तथा गाउँपालिका शिक्षक महासंघका अध्यक्ष ईश्वर कट्टेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्