
पालुङ्टारमा मेयरकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा पालुङ्टारले बाग्लुङलाई हरायो
गोरखाको पालुङ्टारमा गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
पालुङटार नगरपालिका ५ हवाई ग्राउण्डमा आयोजित प्रतियोगिता को उद्घाटनका अबसरमा उमुख्य मन्त्री गुरुङले पालुङटार नगरपालिकाले निर्माण थालेको खेल मैदानलाई प्रदेशस्तरीय खेल मैदान बनाउन सरकारले मद्धत गर्ने आश्वासन दिएका छन् । पालुङटार विमानस्थल सञ्चालनका लागि सम्भब्यता अध्ययन भैरहेको जानकारी दिदै उनले उपयुक्त देखिए पुनः विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पालुङटार नगरपालिका टिम बिले र बाग्लुङ नगरपालिका बाग्लुङलाई ४(२ गोल अन्तरले पराजित गरेको किरण गिरीले जानकारी दिए । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टूाईबेकरमा धकेलिएको थियो ।
प्रतियोगितामा गोरखाबाट आयो जक पालुङटार नगरपालिकाको दुई टिम सहित गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सहभागी छन् । गण्डकी प्रदेश अन्तरगत तनहुँको ब्यास, भानु र शुक्लगण्डकी नगरपालिका, लमजुङको राइनास सुन्दबजार र बेशीसहर नगरपालिका, स्याङजाको पुतलीबजार र चापाकोट नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र नवलपरासीको देवचुली र गैंडाकोट नगरपालिका पनि प्रतियोगितामा सहभागी छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा टूफि, मेडल र प्रमाण पत्र छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई क्रमशः ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्वमन्त्री हितराज पाण्डे, गण्डकी प्रदेश सांसद हरीशरण आचार्य र मनकुमारी गुरुङ,गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, बेशीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, नेकपाका विवश चिन्तन, नेपाली कांग्रेसका विमल ढकाल, नयाँ शक्तिका अशोक देवकोटा, उप प्रमुख पम्फा बसेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुने भएको छ । १२ बजे हुने पहिलो खेलमा पालुङटार नगरपालिका ए र राईनास नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । २ बजे हुने दोस्रो खेलमा पुतलीबजार नगरपालिका स्याङजा र बेशीशहर नगरपालिका भिड्नेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।




