
माइमनकामना सहकारीद्वारा शैक्षिक सामग्री वितरण
तनहूँ आँबुखैरेनीको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाले ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । १३ औं स्थापना दिवसको अवसरमा गत शनिबार स्थानीय आँबु आधाभूत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री बितरण गरेको सहकारी संस्थाका अध्यक्ष भगवानदास मल्लले जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरबहादुर आलेको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष मल्लले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति रुचि जाग्नका साथै प्रेरणा मिल्ने बताएका थिए ।




