| आइतवार, कार्तिक २२, २०८३

विप्लब कार्यकर्ता दिपक बोहरा पक्राउ

नेत्रविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता दिपक बोहरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले बोहरालाई सोमबार जिल्ला सदरमुकामबाट पक्राउ गरेको हो ।

केहिदिन अघि विरीन्चोकस्थित एनसेल टावरमा आगजनी गरेको आशंकामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिए ।

उनीविरुद्ध मुद्धा दर्ता गर्ने तयारी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्