| आइतवार, कार्तिक २२, २०८३

अजीरकोटमा जुत्ता, चप्पल बनाउने २० दिने तालिम

दरौंदी ः अजीरकोट गाउँपालिका कार्यालयले स्थानीय विपन्न तथा एकल महिलाहरुका लागि जुत्ता, चप्पल बनाउने तालिम सञ्चालन भइरहेको छ । एकल महिला तथा विपन्न महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले २० दिने तालिम सञ्चालन गरिएको गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङले जानकारी दिइन् । सो तालिममा हरेक वडाका चार चार जनाका दरले २० जना सहभागी रहेको गुरुङले जानकारी दिइन् । पाँचगतेबाट सुरु भएको सो तालिममा अर्जुन सिर्मललगायतले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्