| आइतवार, कार्तिक २२, २०८३

अजीरकोट गाउँपालिकामा न्यायिक समितिका लागि आठ दिने तालिम

अजीरकोट गाउँपालिकाका न्यायिक समितिलाई सशक्त बनाउन न्याय सम्पादन सम्बन्धी सशक्तिकरण तालिम सुरु भएको छ । गाउँ पालिकाभित्रका पाँचै वडाका तीनतीन जना न्यायिक समितिका सदस्य तथा कार्यपालिकाका सदस्यहरुका लागि शुक्रबारदेखि आठ दिने तालिम सुरु भएको हो । गाउँपालिकाको आयोजनामा न्यायिक समितिका लागि तालिम आयोजना गरिएको समितिकी संयोजक चन्द्रमाया गुरुङले जानकारी दिइन् । भच्चेक बजारमा जारी तालिममा विज्ञहरु डाक्टर कुमार आचार्य र कविता पाँडेले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्