
बुंकोटका रामचन्द्र अम्गाई मृत भेटिए
सहिद लखन गाउँपालिका ८ बुंकोट निबासी रामचन्द्र अम्गाई सोही गाउँपालिका वडा नं ७ बनकालीमा मृत अबस्थामा भेटिएका छन् ।
स्थानीयबासीले बिहिबार बिहान सो वनमा अपरिचित व्यक्तिको शव भेटेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी निरीक्षक झविन्द्र भट्टराई नेतृत्वको टोली घटनास्थलमा पुगी मुचुल्का गर्दा शवको सनाखत भएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
घटनास्थलभन्दा माथिको सडक बाट खोलामा खसेर अम्गाईको मृत्यू भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




