
पहिलो पालुङटार लिगलिग महोत्सव शुरु
गोरखाको पालुङटारमा शनिवारबाट पहिलो पालुङटार लिगलिग महोत्सव शुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघ पालुङटार वजार इकाईको आयोजनामा माझटार मैदानमा महोत्सव शुरु भएको हो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले उद्घाटन गरे ।
उद्घाटन सत्रका वक्ताहरुले पालुङटारमै पहिलो पटक भएको महोत्सवले स्थानीयस्तरमा ब्यापार ब्यवसाय प्रवद्र्धनका साथै रोजगारी सिर्जनाको क्षेत्रमा योगदान गर्ने अपेक्षा गरेका छन् । उनीहरुले पालुङटारको पर्यटकीय, धार्मिक परिचयलाई विश्वमाझ पु¥याउन पनि महोत्सवले सघाउने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले सरकारले स्मार्ट सिटिको रुपमा विकास गर्न लागेको पालुङटार औद्योगिकरणका हिसावले पनि अत्यन्तै उपयुक्त ठाऊँमा रहेको बताए । विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम स्थापना भएपछि स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने उनले बताए ।

महोत्सवमा एक सय ५० स्टल छन् । स्टलमा स्थानिय कृषि उत्पादन, हस्तकलाका सामाग्री, खानाका परिकार, औद्योगिक उत्पादन, तथा अन्य उपभोग्य सामाग्री प्रदर्शनी तथा विक्रिका लागि राखिएको छ । महोत्सवमा बिभिन्न सांगीतिक तथा मनोरञ्जनका कार्यक्रमका साथै वडा स्तरीय डोरीतानी प्रतियोगिता, प्याराग्लाइडिङ उठान हुने आयोजकले जनाएको छ । महोत्सवस्थल प्रवेश गर्न विद्यार्थीका लागि ३० र अन्यले ५० रुपियाँ तिर्नुपर्ने व्यबस्था छ । ७० बर्ष कटेका वृद्धवृद्धालाई निशुल्क प्रवेशको ब्यबस्था मिलाईएको छ । गोरखा, तनहूँ, लम्जुङ र मनाङका करिब ४० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव आयोजना गर्न करिब ३० लाख रुपैया खर्च हुने र बचेको पैसाले नगरपालिकामा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य संघ पालुङटार इकाईले जनाएको छ ।

उद्योग वाणिज्य संघ पालुङटार इकार्इ अध्यक्ष आशिष देवकोटाको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंल, नेपाल कम्युनिष्ट पार्टीका प्रकाश न्यौपाने, नेपाली काँग्रेसका बिमल ढकाल, नयाँशक्ति पार्टीकी देवीमाया गिरी, गोरखा नगरपालीकाका मेयर राजनराज पन्त, पालुङटार नगरपालीकाकी उपमेयर पम्फा बसेल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, तनहुँका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । औपचारीक कार्यक्रम शुरु हुनुअघि झाँकीसहितको ¥यालीले पालुङटार नगरको विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । पालुङटार नगरपालिका कार्यालय, गोरखा उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड पोखरा, आदिवासी जनजाति महासंघ नगर परिषद पालुङटारको सहयोगमा गरिएको महोत्सव १२ गतेसम्म चल्नेछ ।




