| आइतवार, जेष्ठ १६, २०८३

शहिद लखन ७ का सेवाग्राहीलाई वडामै निशूल्क हुलाक टिकट, पोखरेलले गरे सहयोग

दरौँदी ः विभिन्न सरकारी कामकाजका लागि सेवाग्राहीलाई आवश्यक हुलाक टिकट शहिद लखन गाउँपालिका ७ ले निशूल्क उपलब्ध गराउने भएको छ । नयाँ वर्षको अबसरमा सेवाग्राहीलाई केही सेवा सुविधा दिने उदेश्यले उक्त कामको थालनी गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । श्रेष्ठको उक्त कामलाई गोरखा नगरपालिकाका विपिन पोखरेलले सहयोग गरेका छन् ।

पोखरेलले एक वर्षका लागि आवश्यक हुलाक टिकट आइतबार नै वडा अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उनले आगामी दिनमा पनि उक्त सहयोगलाई निरन्तरता दिईराख्ने समेत बताएका छन् । वडा अध्यक्ष श्रेष्ठले पोखरेललाई सहयोगका लागि धन्यावाद ज्ञापन गरेका छन् ।

‘देख्दा र भन्दा सामान्य कुरा हुन्छ’ वडा अध्यक्ष श्रेष्ठले भने ‘वडा कार्यालय आउने सबै सेवाग्राहीलाई हुलाक टिकट आवश्यक पर्छ भन्ने पनि थाहा हुँदैन । त्यत्ति हुलाक टिकट नभएकै कारणले काम रोकिने अबस्था पनि हुनेगथ्र्याे । अब वडामै त्यो सुविधा छ । कसैले पनि हुलाक टिकट नभएकै कारणले सेवा नपाउने समस्या छैन ।’ वडा अध्यक्ष श्रेष्ठले नयाँ वर्ष लागेपछि पहिलो दिन कार्यालय खुलेपछि वडाका विभिन्न राजनितिक दल तथा सरोकारवालाहरुबिच शुभकामना आदान प्रदान कार्यक्रम समेत राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्