
स्थानीय सरकारको विकास बजेट खर्च गर्ने क्षमता कमजोर आर्थिक बर्षको ६ महिना बितिसक्दा २ देखि २५ प्रतिशतसम्म मात्र खर्च
अनुपमा खनाल ः
गोरखाका स्थानीय तहहरुको विकास बजेट खर्च गर्ने क्षमता कमजोर देखिएको छ । चालु आर्थिक बर्षको ६ महिनाको अबधिमा स्थानीय तहहरुले न्युनतम दुई प्रतिशतदेखि अधिकतम २५ प्रतिशतसम्म मात्रै विकास बजेट खर्च गरेको पाइएको छ ।
भौगोलिक रुपले बिकट चुमनुब्री गउँपालिका विकास बजेट खर्च गर्नमा सबैभन्दा कमजोर देखिएको छ । चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्म चुमनुब्री गाउँपालिकाले जम्मा दुई प्रतिशत मात्रै विकास बजेट खर्च गरेको देखिन्छ ।
चुमनुब्री गाउँपालिकामा पुजिँगत तर्फ १४ करोड ९६ लाख रुपैयाँ बजेट रहेकोमा हालसम्म ३० लाख रुपैयाँ मात्रै खर्च भएको निमित्त प्रमुख प्रशाकीय अधिकृत गणेशभक्त त्रिपाठीले बताए । ‘पेश्की दिन रोकेकाले खर्च कम देखिएको हो’ उनले भने ‘हामीले योजनामा पेश्की पूर्ण रुपमा रोकेका छौं । योजना सम्पन्न भएपछि मात्रै भुक्तानी दिने गरिएकाले खर्च कम देखियो ।’
पुजिँगत खर्च प्रगतिमा जिल्लामा नै उत्कृष्ट गण्डकी गाउँपालिकाले ६ महिनाको अबधिमा २५ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । १६ करोड ७५ लाख रुपैयाँ पुजिगत बजेट रहेकोमा ४ करोड २० लाख रुपैँया खर्च भएको प्रमुख प्रशाकीय अधिकृत देवराज चौलागार्इँले जानकारी दिए । ‘हामीले साउनबाट नै योजना सम्झौता सुरु ग¥याँै’ उनले भने ‘भदौबाट योजना कार्यान्वयन सुरु भयो, अहिले धमाधम सम्पन्न गरेर भुक्तानी लिने क्रममा छन् ।’ चालु आर्थिक बर्षको बैशाखसम्म सबै योजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भैरहेको उनले बताए ।
शहीद लखन गाउँपालिकाले ६ महिनामा १० प्रतिशत मात्रै विकास बजेट खर्च गरेको प्रमुख प्रशाकीयअधिकृत जिवनबहादुर आले मगरले बताए । गाउँपालिकाको १८ करोड ८० लाख ४२ हजार सात सय ६७ रुपैयाँ पुजिगत बजेट रहेकोमा पुष मसान्तसम्म एक करोड ९० लाख ७४ हजार ८१ रुपैयाँमात्रै खर्च भएको उनको भनाई छ ।
आरुघाट गाउँपालिकाले ६ महिनामा विकास बजेट पाँच दशमलब ७१ प्रतिशत मात्रै खर्च गरेको छ । १८ करोड ४१ लाख ६० हजार रुपैयाँ पुजिगत बजेट रहेकोमा एक करोड ५ लाख १० हजार रुपैयाँ मात्र खर्च भएको प्रमुख प्रशाकीयअधिकृत एकदेव खनालले जानकारी दिए ।
अजिरकोट गाउँपालिकाको ६ महिनाको पुजिँगत खर्च ८ दशमलब ५९ प्रतिशत रहेको छ । १२ करोड ८९ लाख १८ हजार रुपैयाँ पँुजिगत बजेट रहेकोमा एक करोड १० लाख ८३ हजार रुपैयाँ मात्रै खर्च भएको प्रमुख प्रशाकीयअधिकृत युवराज आचार्यले बताए ।
भीमसेन थापा गाउँपालिकामा पुजिँगत बजेट ६ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगत बजेटमध्ये ८५ लाख ८२ हजार रुपैयाँ मात्रै खर्च भएको प्रमुख प्रशाकीयअधिकृत धनेश्वर न्यौपानेले बताए ।
बारपाक सुलिकोट गाउँ पालिका ले चालु आर्थिक बर्षको ६ महिनामा कुल बजेटको १३ प्रतिशत मात्रै खर्च गरेको छ । कुल ४४ करोड २ लाख बजेट रहेकामा पुजिँगत तथा चालु गरी १३ दशमलब २ प्रतिशत बजेट मात्रै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत शिव गुरुङले जानकारी दिए ।
गोरखा नगरपालिकाले विकास बजेटमध्ये करीब २० प्रतिशत मात्रै खर्च गरेको प्रमुख प्रशाकीय अधिकृत कृष्ण कुमारी श्रेष्ठले बताईन् ।
धार्चे गाउँपालिकाले भने साउनदेखि मंसिर मसान्तसम्म ४.२७ प्रतिशत मात्र विकास बजेट खर्च गरेको छ । ८ करोड ९३ लाख २६ हजार रुपैयाँ पुजिगत बजेट रहेकोमा ३८ लाख २३ हजार रुपैयाँ मात्रै खर्च भएको प्रमुख प्रशाकीय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।
पालुङटार नगरपालिकाले मंसीर मसान्तसम्म १४ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । पुजीँगत तर्फ ३१ करोड ५० लाख रुपैयाँ बजेट रहेकोमा मंसिर मसान्तसम्म ४ करोड ४२ लाख रुपैयाँ मात्रै खर्च भएको प्रमुख प्रशाकीयअधिकृत वीरेन्द्रदेव भारतीले बताए ।




