| आइतवार, कार्तिक २२, २०८३

हुल्चुकमा रुघाखोकी र ज्वरोका बिरामी बढे

धार्चे गाउँपालिका १ केरौजाको हुल्चुकमा चिसोका कारण बिरामी बढेका छन् । हुल्चुक गाउँका बासिन्दा बिगत एकसातादेखि रुघाखोकी र ज्वरोका कारण बिरामी परेका वडा अध्यक्ष दिलिप गुरुङले बताए । धेरै जना बिरामी हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाको टोली गाउँमै पुगेर शिविर मार्फत बिरामीको उपचार तथा औषधि वितरण गरेको छ ।
शनिवार विहान ११ बजे गाउँ पुगेको टोलीले हालसम्म सय जना भन्दा बढिको उपचार गरेको गाउँपालिकाका स्वास्थ्य शाखा सह संयोजक केशबराज गुरुङले बताए । ‘यहाँ चिसोले बिरामी बढेका रहेछन्’ उनले भने ‘रुघाखोकी र भाइरल ज्वरो धेरैमा देखिएको छ। हामीले जाचँ गरी औषधि वितरण गरेका छौ ।’
गाउँलेका लागि आबश्यक औषधि गाउँपालिका र फेज नेपालले उपलब्ध गराएका छन् । स्वास्थ्यकर्मीको टोली मंगलबारसम्म गाउँमै रहने उनले बताए । केहिदिन यताको बर्षा तथा चिसोका कारण बिरामी बढेका गुरुङको भनाई छ । गाउँलेलाई पानी उमालेर मात्र पिउन तथा चिसोबाट बच्न न्यानो कपडा लगाउन र सरसफाईमा ध्यान दिन सुझाव दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्