
चन्दा उठाएर धुवाँकोटमा एम्बुलेन्स
दरौंदी : पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटका बासिन्दाले चन्दा संकलन गरी एम्बुलेन्स किनेका छन् । नयाँ एम्बुलेन्स बुधबार एक समारोहका बीच उद्घाटन गरी नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धुवाँकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे । स्थानीय ३४० जनाबाट चन्दा संकलन गरिएको वडा नं. ८ का वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यबस्थापन समितिका अध्यक्ष शंकर कँडेलले जानकारी दिए । उनीहरुबाट १९ लाख २३ हजार रुपियाँ चन्दा संकलन भएको र अझै चन्दा संकलनको काम जारी रहेको अध्यक्ष कँडेलले बताए ।
वडा नं. ८ मा रहेर चल्ने एम्बुलेन्स ले वडा नं. ७ लाई समेत सेवा दिने कँडेलको भनाइ छ ।




