
गोरखामा सवारी साधनको ठक्करबाट एक युवाको मृत्यु
गोरखा नगरपालिका १० को टक्सारमा सवारी साधनको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सोमबार साँझ करीब साढे ६ बजेतिर सवारी साधनको ठक्करबाट गोरखा नगरपालिका ४ पन्थेश्वारा स्थायी ठेगाना भई हाल १३ किलो बस्दै आएका करीब ३० बर्षका कृष्ण कोईरालाको मृत्यु भएको हो । गम्भिर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल गोरखामा ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राती अबेरसम्म ठक्कर दिने सवारी साधनको पहिचान खुल्न सकेको छैन । कोईरालालाई ठक्कर दिई फरार रहेको सवारी साधनको खोजी भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको जनाएको छ ।




