| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलीकोटको आर्थिक प्रगति ६ महिनामा १३ प्रतिशत

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्षको ६ महिनामा कुल बजेटको १३ प्रतिशत मात्रै खर्च गरेको छ । कुल ४४ करोड २ लाख बजेट रहेकामा पुजिगत तथा चालु गरि १३ दशमलब २ प्रतिशत बजेट मात्रै खर्च भएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । गाउँपालिकाले आफ्नै कार्यालयमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्मका गतिविधि बारे जानकारी दिदै उनले विकासे बजेटको खर्च प्रतिशत क्रमश बढ्दै जाने बताए । योजनाहरु कार्यान्वयनका क्रममा रहेको उनको भनाई छ । कार्यक्रममा पर्यटन सम्बन्धी १३, सिञ्चाईका १५, खानेपानी तथा सरसफाईका २१, भु संरक्षण र शिक्षा सम्बन्धी १२÷१२, स्वास्थ्यका १४, खेलकुदका ५ र उर्जामा ३ योजना कार्यान्वयनका क्रममा रहेको जानकारी दिए । सडकतर्फ १५ लाख भन्दा माथिका ठुला योजना १२ वटा रहेको र ति कार्यान्वयनका चरणमा रहेका गाउँपालिका अध्यक्ष भट्टले बताए । प्रदेश सरकारसँगको लगानी साझेदारीमा गाउँपालिका स्तरीय सभाहल भवन बनाउने तयारी भैरहेको उनको भनाई छ । वडा नं ६ र ८ को कार्यालय भवन पनि यसैबर्ष बाट निर्माण शुरु गर्ने तयारी भैरहेको गाउाँपलिकाले जनाएको छ । गाउँपालिकाले ३ लाख भन्दा कम बजेटका योजना वडामा नै सम्झौता गर्न थालेको सोही अबसरमा जानकारी दिईएको छ । स्थानिय बासीन्दाले विकास निमार्णका योजनाको प्रभावकारी कार्यान्वयन गर्न गाउँपालिकालाई सुझाव दिएका छन् । कार्यालयबाट दिने सेवा छिटोछरितो र प्रभावकारी रुपमा प्रदान गर्न उनिहरुले माग गरेका छन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्न, जिज्ञासा तथा सवालका बारेमा गाउँपालिका अध्यक्ष भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङ, विभिन्न शाखाका प्रमुखहरुले प्रस्ट पारेका थिए । कार्यक्रममा वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङ, वडा नं ५ का अध्यक्ष गोपाल गुरुङ, वडा नं ७ का अध्यक्ष कृष्ण गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका खीलप्रसाद पनेरु, नेपाली कांग्रेसका दिनेश खनखवास लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्