
अपोलोमा निशुल्क मुटु परिक्षण शिविर
अपोलो अस्पताल गोरखामा निशुल्क मुटु परिक्षण शिविर भएको छ । शनिवार भएको शिविरमा एक सय ५३ जनाको मुटुको जाच गरिएको छ । जसमध्ये ७५ जनाको ईसिजी र ४८ जनाको भिडीयो एक्सरे गरिएको डाक्टर सन्तोष मास्केले बताए । गोरखा नगरपालिका ६ पाटेचौरको अपोलो अस्पतालको आयोजना तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरको सह आयोजनामा निशुल्क शिविर भएको हो । शिविरमा ३२ जनाको रगत, सुगर र पिसाब पनि निशुल्क जाचँ गरिएको छ । शिविरको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरे । शिविरमा डाक्टर मनोज श्रेष्ठ, डाक्टर मधु गुप्ता, डाक्टर प्रकाश अर्याल, डाक्टर विपुल भगत सहितको स्वास्थ्यकर्मीको समुहले सेवा दिएको डाक्टर मास्केले जानकारी दिए ।




