| आइतवार, कार्तिक २२, २०८३

पशु कृत्रिम गर्भाधान केन्द्र स्थापना

गोरखाको १२ किलोमा पशुको लागि कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको छ । गोरखा नगरपालिका ११ स्थित पशु सेवा केन्द्रको भवनमा कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले पशुचौपायाजन्य उत्पादन वृद्धिका लागि नश्ल सुधार कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । ‘तीन वर्ष्भित्र प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने नीति छ’ उनले भने ‘ दूधमा आत्मनिर्भर हुनका लागि गण्डकी प्रदेश सरकारले १० हजार गाई खरिद गर्न लागेको छ । हाम्रो नीति तथा कार्यक्रममा पनि उन्नत जातका पशुपालन गरी दुधको परनिर्भरता हटाउने लक्ष्य छ ।’ रैथाने जातको पशु चौपायाको संरक्षणमा जोड दिदै उनले दूध सहित मासु र अण्डामा पनि प्रदेशलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए । जिल्लाका अन्य ठाउँमा पनि क्रमशः कृत्रिम पशु गर्भाधान केन्द्र स्थापना गर्दै जाने उनको भनाई छ । पशु सेवा केन्द्रमा एक पशु स्वास्थ्य प्राविधिक, कार्यालय सहयोगी र सिकाईमा रहेका ३ पशु प्राविधिक रहने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले जनाएको छ । सोही केन्द्रबाट स्थानिय तहका पशु प्राविधिकलाई तालीम तथा कृत्रिम गर्भाधान गर्नका लागी आबश्यक सामाग्री उपलब्ध गराईने केन्द्रका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले बताए । ‘यहाँ गाई, भैसी, बाख्रामा कृत्रिम गर्भाधान तथा उपचार सेवा दिईन्छ’ उनले भने ‘पशु प्राविधिक हरु घर घर मै पुगेर सेवा दिन्छन् । नाम्ले जुकाको औषधि देखि आकस्मिक उपचार तथा पशुका माइनर शल्यक्रिया पनि हुन्छ ।’कार्यक्रममा पशुपंक्षी तथा मत्स्य निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक मनबहदुर पुन , वडा अध्यक्ष रामबहादुर खडका लगायत ले मन्तब्य ब्यक्त गरेका थिए ।
पशु प्राविधिकलाई सामाग्री हस्तान्तरण
गोरखाका पशु प्राविधिकलाई कामका लागी आबश्यक सामाग्री हस्तान्तरण गरिएको छ । एक गाउँ एक प्राविधिक कार्यक्रम अन्तरगत कार्यरत जिल्लाका २८ प्राविधिकलाई आबश्यक विभिन्न सामाग्री गण्डकी प्रदेशका भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले हस्तान्तरण गरे । पशुपंक्षी रोग अन्वेषण शाखा पोखराको आर्थिक सहयोग तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको समन्वयमा सामाग्री हस्तान्तरण गरिएको हो । ८० लाख रुपैया बराबरका माईक्रोस्कोप, किट बक्स, लगायतका सामाग्री उपलब्ध गराईएको हो । ति सामाग्रीले सेवा प्रवाभकारीता बृद्धि हुनुका साथै प्राविधिकको सिप विकास हुने अपेक्षा गरिएको केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, पशुपंक्षी रोग अन्वेषण शाखाका प्रमुख केदार पाण्डे लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्