
लागु औषध सहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय गोरखाले लागू औषध सहित गोरखा नगरपालीकाका एक युवकलाई पक्राऊ गरेको छ । गोरखा नगरपालीका १३ देउरालीका २३ वर्षका विश्व गिरी ३ प्रकारका लागू औषध सहित पक्राऊ परेका हुन् । शंकास्पद अवस्थामा गोरखा नगरपालीका १३ को चारकिलो भन्ने ठाऊँको एक घरमा बसिरहेको भन्ने सूचनाका आधारमा गिरीलाई सोमबार साँझ पौने ८ वजेतिर पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए । उनको

शरीर खानतलासी गर्दा ४२ थान डाइजेपाम, फेनारगन ४५ थान र ४९ थान नुफिन नामको लागू औषध फेला परेको हो । गिरीलाई जिल्ला अदालतमा आगू औषध शिर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भैरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




