| आइतवार, कार्तिक २२, २०८३

नेत्रज्योति संघमा रामकुमार श्रेष्ठ

दरौंदी : नेपाल नेत्रज्योति संघ, गोरखा शाखाको अध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिष्पर्धी रामजी श्रेष्ठलाई चार मतले पछि पार्दै रामकुमार अध्यक्ष बन्न सफल भएका हुन् । संघको चौथो अधि वेशनबाट सदस्यहरुमा सिताराम तिवारी, भाइचन्द्र श्रेष्ठ, रुसबाबु जोशी, रामबाबु जोशी, कपिल अर्याल, योङकुमार श्रेष्ठ, सरोज अर्याल, देवु मास्के, संगीता मास्के, सितलकाजी मास्के, सन्तोषी श्रेष्ठ(जोशी), मिरा पाण्डे चयन भएका छन् । अन्य पदाधिकारी तथा थप सदस्यको बारेमा पहिलो बैठकले निर्णय गर्ने प्रावधान रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्