| आइतवार, कार्तिक २२, २०८३

चोरकाटेमा पशुस्वास्थ्य शिविर, १३२० पशुको परीक्षण

सिरानचोक गाउँपालिकासंगको समन्वयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आइतबार एकदिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सिरानचोक गाउँपालिका वडा नं. ५ चोरकाटेमा सम्पन्न पशु स्वास्थ्य शिविरमा सबै प्रकारका गरी १३२० वटा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको विज्ञकेन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार स्थानीय ८४ घरधुरीका किसानले शिविरबाट सेवा लिएका थिए । उनीहरुको गाई एकसय छ वटा, ५० वटा भैंसी, एकसय एक वटा गोरु, पाँचसय १० वटा बाख्रा, चारसय ६१ वटा कुखुरा, ५७ वटा हाँस, नौ वटा कुकुर र २६ वटा बंगुरको स्वास्थ्य परीक्ष्ँण तथा उपचार गरिएको थियो ।
बिभिन्न समस्या देखिएका पशु चौपायालाई औषधी पनि निशुल्क प्रदान गरिएको उनले बताए ।

शिविरमा बिज्ञकेन्द्रका प्रमुख डाक्टर ठाकुर, ना.स्वा.प्रा वुद्धि अधिकारी, आशा आले, देवी कपाली र एक गाउँ एक प्राविधिक कार्यक्रमका प्राविधिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्