| आइतवार, कार्तिक २२, २०८३

जनमुखी उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा कपिलबाबु कट्टेल

जनमुखी उपभोक्ता सहकारी सस्थां लिमिटेडको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेसनले कपिलबाबु कट्टेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तुलसा मरहट्टा, सचिवमा किशोर रेग्मी र कोषाध्यक्षमा श्यामबहादुर तामाङ चयन भएका छन् । समितिको सदस्यमा पशुपति खत्री, राजेन्द्र अर्याल, निलबहादुर घताने, भक्त राम राना, सुर्यदेवी श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ र ज्ञानु अर्याल रहेका छन् । सोही अबसरमा ऋषिराम सापकोटाको संयोजकत्वमा विश्वनाथ अर्याल र माधबबाबु श्रेष्ठ सदस्य रहनेगरि लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ ।
एक बर्षमा एक करोड १७ लाख ७१ हजार रुपैयाँको कारोबार गरेको सस्थांले १ लाख ९७ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको कार्यक्रममा जानकारी दिईएको थियो ।
साधाराण सभाकै अबसरमा शेयर सदस्यलाई शेयर रकमको १८ प्रतिशत लाभांस वितरण गरिएको कोषाध्यक्ष तामाङले बताए । बिचौलियाको अन्त्य गर्दै उत्पादकबाट सिधै उपभोक्तामाझ सामान पु¥याउने पनि सस्थांले योजना बनाएको छ । हाल गोरखा नगरपालिका ७ नयाँबजारमा सुपथ मुल्यको पसल सञ्चालन गरेको सहकारीले कम्प्युटर सफ्टवेयर मार्फत ब्यबसायको कारोबार गर्ने पनि निर्णय गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उप मेयर विनाकुमारी श्रेष्ठ, वडा नं ६ का अध्यक्ष नारायण अर्याल, वडा नं ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, वडा नं ११ का अध्यक्ष रामबहादुर खड्का, जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोईराला, उपभोक्ता सहकारी संघका अध्यक्ष ऋषिराज धौराली, सहकारी केन्द्रिय अधयक्ष समाजका केन्द्रिय सदस्य दिलिप देवकोटा , संस्थाका सल्लाहकार भरत बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्