| सोमवार, कार्तिक २३, २०८३

गुरुकुलका विद्यार्थीलाई न्यानो कपडा

गोरक्षनाथ बैदिक गुरुकुलका विद्यार्थीलाई ब्यबसायी चन्द्रकिशोर रौनियारले न्यानो कपडा हस्तान्तरण गरेका छन् । पुजा बस्त्रालय शक्तिचोकका सञ्चालक रौनियारले गुरुकुलका विद्यार्थीलाई ३६ थान कपडा, एक बोरा चामल र नगद पाचँ सय रुपैया हस्तान्तरण गरेका हुन् । आफ्नो कमाईको केहि अंश समाजसेवामा खर्च गर्ने योजनाका साथ गुरुकुलका विद्यार्थीलाई सहयोग गरेको रौनियारले बताए । गुरुकुलमा हाल २२ विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्