
मिस गोरखाको प्रिफिनाले सम्पन्न
मिस गोरखा दोस्रो राउण्डको फिनाले यही माघको १९ गते हुने भएको छ । सौन्दर्य कला व्यवसायी संघ गोरखको आयोजनामा गोरखकाली चलचित्र मन्दिरमा फिनाले १०१९ हुन लागेको हो ।
अन्तिम प्रतियोगिताको तयारी स्वरुप शुक्रबार प्रि फिनाले सम्पन्न भएको छ । प्रिफिनालेमा १४ जना प्रतियोगीहरु सहभागी थिए । प्रीति थापा, शान्ता श्रेष्ठ, पवित्रा बयलकोटी, निकिता घले, किरण घले, अनु शाक्य, अनुश्का सुनार, मनिषा भन्तना, सञ्जना क्षेत्री, युवा थापा मगर, शान्ति तामाङ, सीता सुनार, प्रीति गैरे र नेहा श्रेष्ठ सहभागी थिए ।




