
धार्चे र गण्डकी अझै वैंकबिहिन : योजना सम्झौता, फस्र्यौट गर्न सदरमुकाम आउन बाध्य
अनुपमा खनाल :
गोरखाका दुई गाउँपालिका अझैपनि बैंकविहीन रहेका छन् । सरकारले गत आर्थिक बर्षभित्रै सबै स्थानीय तहमा वाणिज्य बैंक पुयाउने भनेपनि अझैसम्म गोरखाको धार्चे र गण्डकी गाउँपालिका मा बैंक पुग्न नसकेको हो ।
धार्चेमा सिभिल र गण्डकीमा कृषि विकास बैंकले शाखा विस्तार गर्ने निर्णय गरेपनि अहिलेसम्म सेवा शुरु गरेका छैनन् । बैंक नहुँदा गाउँपालिकाको कारोबार गर्न तथा सर्वसाधारणलाई समस्या परेको धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको भनाइ छ । गाउँपालिकामा बैंक नहुदा वैंकिङ कारोबारका लागि २÷३ दिन हिडेरै आरुघाट आउनुपर्ने बाध्यता रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘गाउँपालिकामा वैंक नहुँदा योजना सम्झौता गर्न, रकम भुक्तानी लिन यसबर्ष पनि सदरमुकाम धाउनु पर्छ’ उनले भने ‘भूकम्प पीडितलाई दिइने अनुदान, सामाजिक सुरक्षभत्ता, पेन्सन लगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । तर, बैंक नहुँदा सरकारले दिएको बजेट लिन पनि धाउनुपर्छ ।’ स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । जसको कारण तलव भत्ता, सामाजिक सुरक्षा भत्ता लगायत रकम निकासा गर्न समेत झन्झट भएको गण्डकी गाउँपालिका प्रमुख होमबहादुर रानाले बताए । ‘प्रक्रिया सबै गाउँमा मिलाएर पैसा निकाल्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ’ उनले भने ‘बैंकिङ कारोबारका लागि जनप्रतिनिधि र कर्मचारी जिल्लामै केन्द्रित हुनुपर्दा सेवा प्रवाहमा पनि समस्या छ ।’ भौगोलिक हिसाबले विकट, आबश्यक पुर्वाधारको कमी र कारोबार कम हुने क्षेत्र भएकाले पनि बैंकहरुले सेवा विस्तारमा ढिलाई गरेको हुनसक्ने जनप्रतिनिधीले अनुमान गरेका छन् । भौगोलिक हिसाबले दुर्गममा रहेको धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा हालसालै सडकको टूयाक खुलेको छ । नेपाली सेनाले गाउँपालिकाको केन्द्रसम्म टूयाक खोलिसकेकाले बैंक खोल्नका लागि असहज नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । ‘बाटो बनेपछि अब बैंकपनि आउँछ होला’, उनले भने, ‘बैंकको टोलीले माछीखोलामा बैंक राख्ने घर पनि हेरेर सम्झौता गरेर गएको हो । अब छिट्टै आउला ।’ चितवनको फिस्लिङबाट त्रिशूली नदी तरेर दुई घन्टा कच्ची सडकमा यात्रा गरेपछि गण्डकी गाउँपालिकाको केन्द्र भुम्लीचोक पुगिन्छ । त्यहाँ कृषि विकास बैंकले शाखा स्थापनाको तयारी थालेको थाहा पाएको गाउँपालिकाका अध्यक्ष रानाले बताए । ‘घर हेरेर सम्झौता गरेको रहेछ’ उनले भने ‘ डेकोरेसनको काम भैरहेको छ । अब यो महिनाभरमा बैंक चल्छ कि ।’ सबै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्य अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जनता बैंक, सिरानचोक गाउँपालिकामा ग्लोबल आइ एम ई बैंक र चुमनुब्री गाउँपालिकामा कुमारी बैंक स्थापना भैसकेका छन् । जिल्लाका अरु नगरपालिका तथा गाउँपालिका मा भने देश संघिय सरंचनामा जानुअघिनै बैंकिङ सुविधा पुगिसकेको थियो ।




