
प्याब्सन कप गोरखा मोडर्नलाई
प्याब्सन कप फुटबल प्रतियोगिता को उपाधि गोरखा मोर्डन इङलीस बोर्डिङ स्कुल ठाँटीपोखरीले पाएको छ । गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरी मैदानमा भएको प्रतियोगितामा बुंकोट न्यु होराईजन इङलीस बोर्डिङ स्कुललाई पराजित गर्दै गोरखा मोर्डनले उपाधि जितेका ेहो ।
निर्धारीत समयमा बराबरी गोल गरेपछि खेलको विजेताको टुंगो टूाईबेकरमा लागेको शिक्षक राजन बस्नेतले जानकारी दिए । टूाईब्रेकरमा ४(२ गोल अन्तरले न्यु होराईजनलाई हराउँदै गोरखा मोर्डनले उपाधि कब्जा गरेको हो । प्रतियोगितामा पहिलो भएको गोरखा मोर्डनले नगद २० हजार , टूफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । यस्तै, दोस्रो भएको बुंकोट न्यु होराईजनले नगर १० हजारको साथमा टूफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
प्रतियोगितामा सान्त्वना भएका मोर्डन ईङलीस बोर्डिङ स्कुल हरमटारी र सुर्य मेमोरीयल मोर्डिङ स्कुल च्याङली सान्त्वना भएका छन् । उनीहरुले नगद ५÷५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) गोरखाले विद्यार्थीको खेल क्षमताको विकास तथा सस्थांगत विद्यालयबिचको सम्बन्ध सुमुधुर बनाउने उदेश्यले प्रतियोगिता गरेको हो ।
प्याब्सन गोरखाका अध्यक्ष सीताराम तिवारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेल, प्याब्सनका उपाध्यक्ष जनक केसी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । माघ तिन गतेदेखी शुरु भएको प्रतियोगिता शनिवार सकिएको छ ।




