
योग दिवसमा योगाभ्यास
‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्टिूय योग दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर मंगलबार जिल्ला सदरमुकामको कभर्ड हलमा योगाभ्यास गरिएको छ । योग दिवस मनाउन गठन गरिएको मुल आयोजक समितिको आयोजना तथा पतञ्जली योग समितिको संयोजनमा योगाभ्यास कार्यक्रम भएको हो । कार्यक्रममा योगाको आवश्यकता र औचित्य बारे पनि पतञ्जलीका भाइचन्द्र श्रेष्ठले जानकारी दिएका थिए । कार्यक्रममा सहभागीहरुले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले नियमित योग गर्नु जरुरी रहेको बताएका थिए । दिवसकै अबसरमा गोरखा नगरपालिकाले बुधबार र विहीबार योग प्रशिक्षक राजु अधिकारीको उपस्थितीमा योग शिविर गर्ने भएको छ ।




