
गुणस्तरहीन सामान पनि नबेचौं, व्यापारीलाई हैरान पनि नपारौँ,
अहिले दशैं सकिएको, तिहारको संघारको समय छ । यति बेला जिल्ला सदरमुकाम तथा ग्रामीण भेगका पसलहरु धमाधम अनुगमनमा छन् । जिल्ला अनुगमन समिति, पालिकाको अनुगमन समितिहरुले धमाधम बजार अनुगमको काम गरिरहेका छन् ।
केही दिनअघि अजिरकोट गाउँपालिकाले केही बजारको अनुगमन ग¥यो । अनुगमनका क्रममा म्याद नाघेका खानेकुरा बरामद ग¥यो । धेरै ठूलो परिमाणमाका पेयबाहेकका सामान, जुन म्याद गुज्र्रिका थिए, पनि जफत ग¥यो ।
बिनादर्ताका पसलहरु चले नचलेको हेर्ने, कर छलीका सामान छ कि छैन भनेर हेर्ने, म्याद गुज्रिएका सामान भए नभएको स्थानीय तहले अनुगमन गरेर हेर्ने गर्नुपर्छ । गुणस्तरहीन सामान बेचबिखन भइरहेको छ कि भनेर पनि हेर्नुपर्ने हुन्छ । अखाद्य पदार्थ, मिसावटयुक्त पदार्थ बेचबिखन भइरहेको वा नभएको बारे पनि अनुगमन गर्नुपर्ने हुन्छ ।
हेर्नुपर्ने धेरै कुरा छन् । अनियमितता भएका सामान बेचबिखन हुन दिन हुदैन । उपभोक्ताको भविष्य, उपभोक्ताको स्वास्थ्य, उपभोक्ताको जिन्दगीसंग खेलवाड हुने गरी खाद्य सामग्री बेचबिखन गर्नुहुदैन ।
तर यसो भनिरहँदा नियमअनुसार चलेका पसलहरुलाई हैरान पार्नु पनि हुदैन ।
व्यपारी, व्यवसायी भनेका स्वरोजगारी गर्ने, रोजगारी सिर्जना गर्ने, स्थानीय स्तरमा आर्थिक गतिविधि गर्ने जनशक्ति हुन् । वैदेशिक रोजगारीमा गएर गाउँ ठाउँ नै रित्तिने अबस्था भइरहेका बेला पनि व्यापारी, व्यवसायीले स्थानीय स्तरमा लगानी गरेर गाउँ, ठाउँमै बसेका हुन्छन् । गाउँठाउँमा आर्थिक क्रियाकलाप गरेर गाउँलेलाई सेवा गरिरहेका हुन्छन् । त्यसैले उनीहरुलाई हतोत्साहित बनाउनु हुदैन । उनीहरुलाई स्थानीय स्तरमै आर्थिक लगानीको वातावरण बनाउने, स्थानीय स्तरमै रोजगारीको वातावरण बनाउन हौसला प्रदान गर्नुपर्दछ ।
उनीहरुलाई हौस्याउने भन्दैमा गुणस्तरहीन खाद्य पदार्थको बिक्री वितरण भने गर्न दिनुहुदैन ।




