| मङ्लबार, साउन ११, २०८३

जोखिममा छन् बिद्यार्थी, तीर्थयात्री सर्बसाधारण

रमेश पोखरेल ।
पालुङ्टार नगरपालिकाको वार्ड न. १ र २ तथा सिरानचोक गाउँपालिकाको वार्ड नं.३, ४ र ५ को सिमानालाई केन्द्रबिन्दू बनाएर बगेको छ भुसुण्डे खोला बाललहरी खोला, करनखोला, चिउ खोला, भुते खोला, धुन्दुरे खोला मिसिएर बगेको भुसुण्डे खोला पालुङ्टार नगरपालिकाकै प्रसिद्ध ऐतिहासिक एबं धार्मिक कागबेनी मन्दिर (कागभुसुन्डी नामले पनि चिनिन्छ), लिगलिग कालिका, हर्मीकोट, चोरकाटे शिवालय मन्दिर ,तातोपानी, अन्नपूर्ण मन्दिर, सिरान्चोक गढी, शिवालय मन्दिर, श्रीनाथकोट, खुर्पाजुङकोट लगायत प्रसिद्ध ऐतिहासिक तीर्थस्थलको मध्यकेन्द्रबिन्दु भएर बग्ने भुसुन्डेखोलाले भुसुन्डीफाँटलाई सिञ्चित गरेर उर्बर बनाएको छ ।

चर्चित धार्मिक पुस्तक रामायणमा समेत कागभुसुन्डीको चर्चा छ । चर्चित संस्कृत शिरोमणि प्रा.डा. बेनिरमण ढकालद्वारा सम्पादित तथा अनुवादित पुस्तक हिमवतखण्डमा समेत यस्को चर्चा रहेको छ । हिउँदमा भुसुन्डी फाँटलाई हराभरा बनाएको भुसुन्डी खोलाले बर्खामा बितण्डा मच्चाएको पनि छ । किसानका पाकेको चैते धान, हिउदे तरकारी तथा माछापोखरी एबं फलफूल बगैचामा धेरै पटक क्षति पु¥याएकाले प्रदेश सरकार र केन्द्र सरकारले भुसुन्डी तटबन्ध योजना मार्फत खोलाको क्षति नियन्त्रणको कार्य गर्दै केही भाग काम सम्पन्न पनि गरिसकेको छ ।

पालुङ्टार र सिरानचोक जोड्ने सबै भन्दा छोटो दुरीको बाटो कटहरे, पाण्डे खेत, कागबेनी, सिरानचोक वार्ड न,४ सडक नै हो तर यो बाटो हिऊँदमा टयाक्टर मात्रै चल्ने खालको छ । यसलाइ कालोपत्रे गर्न नसके पनि ग्रावेल गर्न सकेको खण्डमा बर्खामा पनि सहज हुनेछ । यो बाटोमा पर्ने भुसुन्डी खोलामा पक्की पुलको लागि डीपीआर समेत भैसकेको छ ।

गण्डकी प्रदेश सरकारमार्फत गरिएको डीपीआर अनुसार पुलको लागि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व प्रम तथा प्रमुख बिपक्षी दलका नेता पुष्पकमल दाहाल, राष्ट्रिय सभाका सांसदद्वय नारायणकाजी श्रेष्ठ तथा कमला पन्त, नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश खानेपानी तथा उर्जामन्त्री माननीय फणिन्द्र देवकोटा लगायत वर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेसंग पटक पटक पुल बनाउने योजनाका बारेमा छलफल गरेको पालुंटार नगरपालिकाका मेयर बिबस चिन्तनले बताउनु भए पनि हालसम्म योजना आउन सफल भएको छैन ।

सुन्तले, रातडाडा, कटहरे, कटुन्जे, सिम्पानी लगायत विभिन्न टोलबाट जनज्योति आधारभुत बिद्यालय सिरानचोक जाने बालबालिका, कागबेनी मन्दिर पूजा गर्न आउने भक्तालुजन, खेती गर्न जाने किसान, बाटो हिन्ने बटुवाहरुलाई बर्खा लगेर पानी ठूलो परेमा भुसुन्डे खोला तरेर जानुपर्ने बाध्यता छ । जब पानी पर्न थाल्छ तब अविभावकमा चिन्ता पर्न थाल्छ विद्यालय जाने बालबालिका खोलामा डुब्ने हुन् कि भनेर । पानी ठीकैको पर्दा त आफै खोलो तारेर पठाउछु तर ठूलो पानी पर्यो भने त घरमै राख्नुको विकल्प नभएको गुनासो गर्छिन् स्थानीय अभिभाबक पार्वती सिर्मल ।

बिद्यालय गएको छोरा छोरी फर्केर आउने हो की होइन ? खोलाले लडाएर घाउचोट पार्ने पो होकी ? किताब कपि झोला बगाउने पो होकी ? भन्ने चिन्तामा रहेका अभिभाबक जब मेला बाट घर फर्किन्छन आफ्ना बालबालिका देखेनन् भने आतिदै पुग्छन् तेही भुसुन्डी खोलामा । तेही बाटो भएर जाने जनज्योति आधारभूत बिद्यालयकी शिक्षिका इन्दिरा पोखरेल(जो तस्बिरमा देखिएकी छिन) ।

तेही भुसुण्डी खोलामा पटक पटक बिद्यार्थी को हात समाएर, काखमा बोकेर खोला तर्दैगर्दा कपि किताब झोला बगाएको, खाजा बगाएको, लडेर घाइते बनाएको । ड्रेस भिजेर दिनभर चिसै ड्रेसमा कक्षाकोठामा बस्नु परेको देखेँ भोगेकी उनलाई पानी ठुलो प¥र्यो कि कसरी बालबच्चा बिद्यालय पु¥याउने होला भन्ने चिन्ताले पिरोल्छ । पक्कि पुल बनाउन नसके पनि काठे पुल वा फलामको ट्रसवाला पुल बनिदिए हुन्थ्यो भन्छन् जनज्योति आधारभूत बिद्यालयका प्रधानाध्यापक कालिका पोखरेल ।

सिरानचोक गाउँपालिका ४ का वडाअध्यक्ष भरत हमालको संयोजकत्वमा पुल निर्माण सरोकार समितिको बैठक बसी तत्काल मोटरेबल पुल बन्न नसके पनि काठको वा ट्रस वाला पुल बनाउन पहल गर्ने निर्णय गरिएको छ । ट्रस पुलको प्राबिधिक स्टमेट र नक्सा निर्माण कार्य सरोकार समितिको आग्रहमा पालुण्टार वार्ड न,१ निबासी कर्ण बिल्डर्स प्रालिका प्रोपाइटर नबिन गुरुङले निशुल्क गरिदिनु भएको छ । जसको लागत नौ लाख त्रिनब्बे हजार रुपिया निस्केको छ । आबस्यक परेको खण्डमा निर्माण अबधिभर प्राबिधिक सहयोग साथै अन्य सहयोग समेत गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

सरोकारवालाको बैठकले यसै आर्थिक बर्षमा सो बजेट बिनियोजन गरी ट्रस पुल बनाउने बजेटका लागि स्थानीय सरकार साथै प्रदेश सरकारलाई अनुरोध गर्ने र आबश्यक परे डेलिगेशन समेत जाने निर्णय गरेको सरोकार समितिका सदस्य दिपक घिमिरेले बताएका छन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटासंग अनौपचारिक कुराकानी भएको र उहाँले यो बिषयमा आफ्नै आँखाले देखेर आएको र पुरै जानकार भएकोले यसै आर्थिक वर्षभित्र योजना समाबेश गरिदिएकको तर प्राबिधिक कारणले छुट हुन गएकोले मुख्यमन्त्रीसंग संयोजन गरी मर्मत संहार कोष या अन्य कुनै कोषबाट भएपनि १० लाख सम्मको बजेट उपलब्ध गराउन सकारात्मक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । स्थानीयबासीको आशा छ यसै आर्थिक बर्षमा कम्तिमा आवत जावत गर्न मिल्ने ट्रष्टको पुल बन्नेछ र किसान, तीर्थ यात्री, बिद्यार्थीको आवत जावत सहज हुनेछ । यो बबुरो लेखकले विश्वास लिएको छ कि तस्बिरमा देखिएको जस्तो अवस्था कम्तिमा अर्को वर्षमा देख्नु नपरोस् । श्री कागबेनी देवताले सबैको कल्याण गरुन् । जय कागभुसुन्डी ।

प्रतिक्रिया दिनुहोस्