
मामलीहरुको डण्डीबियोमा रुचि
यदुप्रसाद अधिकारी ।
संसारका सचेत प्रणीहरु मध्ये मानव जाति पनि एक हो । मानव जातिले जीविका चलाउनका लागि विविध कुर हेरी त्यसैको आधारमा सीप पनि अपनायो । संसारमा बिकासका फड्को मा¥यो । खानपिनका साथसाथै मनोरञ्जनको लागी विविध सीपहरु अपनायो । धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक लोकसंगीत र लोकसाहित्यलाई मानवीय जीवद पद्धतिसँग जोडेर आगाडी बढ्यो ।
शारीरिक मनोरञ्जनलाई नै खेलको आधार हो भनेर विभिन्न शारीरिक क्रियाकलापको अनुसन्धान ग¥यो । विविध किसिमका मनोरञ्जनात्मक खेलहरुको सृजना ग¥यो । खेलहरुलाई साधारण, साहासिक र मनोरञ्जनात्मक गरी खेलहरुको नियम बनाई परापुर्व कालदेखि नै समाजमा संचालन गरेको थियो । त्यो सिपलाई पुर्खाहरुले अपनाउँदै मनोरञ्जन पुर्ण बनाएका थिए । पुर्खाले आविष्कार गरेका खेलहरु पुस्ता हस्तान्तरण गरेका थिए ।
आज त्यस्ता पुर्खाका गौरवपुर्ण ऐतिहासिक खेलहरु कतिपय त लोप भएका छन् । कतिपय समाजमा अहिलेको पुस्ताले खेलिरहेका छन् । पुखौहरुले लोकप्रिय रुपमा खेलेका गिर र डण्डीबियो खेल ४५ वर्ष कटेका नागरिकहरुमा मात्र रुचि थियो भन्ने बुझिन्छ् । हाम्रो समाजमा प्रचलित खेलहरु डण्डीबियो, गिर, कबड्डी (हुतुतु), छेलो, किङ, लक्कुढाल, सिरुपाते, प्ले, पिलो फइट्, पिरामिड्, टोपी लुकाउने, काठखुट्टे दौड, तीन खुट्टे दौड, काध माथिबाट टोपी टिप्ने, मिठाइ टिप्ने, हाँडी फुटाउने साथी चिन्ने, भारी उचाल्ने, लोरो गाड्ने, हँसीयाको बिड फुटाउने, रुख चढ्ने, हाइ जम्प, लङ जम्प, त्रिपल जम्पका साथै दौडहरु पनि पर्दछन् ।
आधुनिक खेलहरु भलिबल, ब्याटमिन्टन, फुटबल, बास्केटबल, हक्की भन्दा पनि धेरैले क्रिकेटलाई मनपराएको देखिन्छ ।
पुर्खाहरुले सृजना गरेका खेलहरु मध्ये पुरानो खेलहरुमा गिर खेलले पनि प्रसिद्धि पाएको थियो । यो समूहगत रुपमा खेलिने खेल हो । आधुनिक क्रिकेट खेलबाट यहबाट बिकास भएको हो भनि सिम्जुङका ९२ वर्षीय बोधनाथ र गिरधरि दवाडीले बताए । यस खेलको लागी ठुलो मैदान चाहिन्छ । खेल्ने खेलाडीहरु २ जनाभन्दा माथि जतिपनि हुन सक्छन् ।
खेलाडी सङख्या सहमतिमा कायम हुन्छ । खेल सामग्रीमा मुङग्रो वा पातलो लौरो, गिर गोलो काठ वा बाँसको जरा अथवा खिर्रोको गोलो चाहिन्छ । गिरलाई मैदानको तोकिएको सिमा भित्र फल्ने गर्दछ । विपक्षिले गिरलाई र्हिकाएर भित्र फाल्दिन्छ । भित्र छि¥र्यो भने गिर हान्ने मर्छ फेरी पालो फेरिन्छ । यसरी हान्दै मुङग्रोले र्फकाउँदै गर्दा जसले एक गिर दुई गिर गर्दै जित्छ त्यो नै विजयी हुन्छ ।
डण्डीबियो
नेपालको पुरानो लोप्रिय राष्ट्रिय खेलमा यो पर्दथ्यो । हाल आएर नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि ४० कटेका नागरिकहरुमा डण्डीबियोको मोह अत्यन्त देखिन्छ । गोरखाको अजिरकोट–४ सिम्जुङ झ्यावाँका मीनदत्त, बोधनाथ, खगेश्वर, रुकनाथ, सन्तोष, गौतम दवाडीको र भीम बहादुर अधिकारीमा डण्डीबियो प्रति माया र ममता अत्यन्त देखियो ।
राज्य र स्थानिय तहले खेलको उपेक्षा गरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । डण्डीबियो खेल खेल्नका लागी सैद्धान्तिक र प्रयोगात्मक सीपको आवश्यकता पर्दछ । प्रयोगात्मक किसिमले खेलिने खेलहरु सैद्धान्तिक रुपले भन्दा प्रयोगात्मक किसिमले खेलेर प्रर्दशन गरेमा बढी प्रभावकारी हुन्छ ।
तैपनि खेल खेल्ने खेलाडी, नियम र खेल्ने तरिकालाई लेखेर प्रस्तुत गर्द यो खेललाई पुनः राज्यले लोपोन्मुख खेल भनी पचाउन सक्छ कि भनेर आशा गर्न सकिन्छ । यो खेललाई ठाउँ अनुसार फरक फरक तरिकाले खेलेको पनि देखियो । मूलभूत रुपमा लौराले डण्डीलाई हान्नु नै यसको सार हो ।
खेल खेल्न चाहिने सामग्रीहरु
१.खेलाडी सङख्या दुईजना भन्दा माथि, सहमतिको आधारमा ८–१० जनासम्म तोकिने ।
२.खेल्ने चौर वा ठूलो गरा डण्डी छेक्ने सिमा तोकिएको ।
३.लौरा दुई हात, डण्डी एक बित्ता
४.गन्ने रेफ्रि वा व्यक्ति, सहमतिमा खेलाडी वा अर्को कुनै
नियम
१.डण्डीबियोलाई हुतेल्नको लागि चिठ्ठा वा सहमतिमा तोकिने
२.हुतेलेको डण्डीलाई लौराले छोएमा वा टुम कटाएमा हुतेल्ने व्यक्ति मर्छ, उसको दुई हात मध्ये एक हात बाँकी रहन्छ फेरि अर्कोको पालो आउँछ
३.दुई पटकसम्म एउटा काम गर्न दिने चलन रहेछ
४.हुतेल्ने व्यक्तिले हुतेल्न नसकेका उ मरेको मानिनेछ वा लौराले डण्डीकियो छोएमा पनि मरेको मानिनेछ, मर्नु भनेको पाले कट्नु हो ।
५.यो खेलको गन्ती अरुको खेलको भन्दा फरक छ । एकलाई यायो, दोयो, तियो, झार, भाँज, सैमल, सिठ्ठु भनेर गन्दा जतिपुग्छ त्यसैको आधारमा डण्डी हान्नु पर्छ । गणना गर्दा जहाँ पुग्छ त्यसैमा हान्ने नियम छ । यसैको आधारमा विपक्षीले पनि खेल्नु पर्दछ ।
६.सुरुमा हुतेल्दा विपक्षीले हुतेलेको ठाउँमा तेस्र्याएको लौरोलाई छोएमा मरेको मानी २–२ पटक दिने चलन पनि छ ।
७.डण्डीबियो हुतेल्ने खाल्टो ४ अमल गैरो हुनुपर्छ ।
८.विपक्षीले त्यो डण्डीमा हान्दा लाग्यो भने पनि मरेको मानिन्छ ।
गन्ने तरिका
लौरोले गन्दा याओ, दुओ भनेर गन्दा २० पुगेपछि एक मुरी मानिन्छ । सय पुगेपछि ५ मुरी हुन्छ । त्यसपछि डण्डीबियोले नापिन्छ । त्यो पनि सय पुगेपछि ४ औँलाले नाप्ने चलन छ ।
खेल खेल्ने तरिका
मुख्य गरेर दुई किसिमका छन् भनी रुकनाथ दवाडीले बताएका छन् ।
याओ तरीका
१.याओ
डण्डीलाई चोर औला र बुढी औलाले समाती लौराले हान्नु पर्दछ ।
२.दुओ
डण्डीलाई देब्रे हात माथिको चोर र कान्छी औलामा राखी उचालेर लौराले हान्नु पर्छ ।
३.तिओ
दुई औलामा डण्डी तेस्र्याएर डण्डी माथि फाली लौराले हान्नु पर्दछ ।
४.झार
हातमा मुठी बनाई लौरोले डण्डीलाई हान्नु पर्दछ ।
५.भाँज
मुठी माथि लौरो घुसारेर डण्डीलाई तेस्र्याएर उचालेर लौरोले हान्नु पर्दछ ।
६.सैमल
हातको मुठीमा लौरो र डण्डी ठाँडो बनाई डण्डी माथि फाली लौराले हान्नु पर्दछ ।
७.सिठ्ठू
यो नौलो तरीका हो । देब्रे वा दाहिने गोडा उचालेर डण्डीलाई टाँग मुनिबाट लौराले हान्नु पर्दछ । टुम कटाएर लौराले हानेर वा हान्नेले टुम नकटाएमा पनि खेलाडी मर्ने छ ।
भक्ते तरीका
यो खेल्ने तरीका पनि अलिकति फरक छ । खेलाडीले नियम बनाई लौराले डण्डीलाई हानेर खेल्ने गर्दछन् । यसलाई हुतेलेको ठाउँबाट लैरोले हान्दा ट्याक लगाएको आधारमा गन्ने चलन छ । तीन ट्याकमा लौरेले गन्ने, चार ट्याक डन्डीबियोले गन्ने, पाँच ट्याक कुरेतले गन्ने नियम छ । यसरी गनाईलाई एक पीर, दुई पीर भनेर बीस पुगेपछि मुरी हुन्छ भनेर नाम्जुङका रामकुमार श्रेष्ठ र रामजी दवाडीले पनि बताउँछन् ।
पाटे तरीका
मुठीमा डण्डी राखी लौराले फड्कारेर हान्नु पर्दछ । विपक्षीले लौरोले लौरो छोएमा वा लौरो तेस्र्याएको टुममा डण्डीले छौएमा खेलाडी मर्दछ ।
गन्ने तरीका
राम, दुन, तीन, चार हुदै बीस हुन्छ । बीस नै एक मुरी हो । यसलाई पनि लौरो, डण्डीबियो र चार औलाले गन्ने तरीका रहेको बताउँछन् ।
हाम्रा पुर्खाहरुले स्थानीय रुपमा प्राकृतिक रुपमा प्राप्त भएका कच्चा सामग्रीहरुलाई खेलकुदका सामग्री बनाई खेल खेलेका थिए । शारीरिक र मानसिक रुपमा मनोरञ्जन प्राप्त गर्दै नयाँ प्स्तालाई पुस्ता हस्तानतरण गरेका थिए । गिर र डण्डीबियो जस्ता पुराना खेलहरुको पुस्ता हस्तानतरण भएको देखिदैन । नयाँ पुस्तामा यी खेलहरु प्रति त्यति चासो पनि देखिदैन ।
तैपनि हाम्रा पुर्खाले आर्वन गरेका खेलरुपी सम्पत्तीलाई राज्य र स्थानीय तहले संरक्षण गरेका बढी पूभावकारी हुने थियो । र पछिल्ला दिमा पुर्खाको गर्बिलो सम्पत्ती भनेर गर्व गर्ने नै छन् भनी आशा गर्न सकिन्छ । सामान्यतय लैरो र डण्डीबियोको खेल नै डण्डीबियो हो । यसलाई याव, भक्ते र पाटे गरेर खेल्ने गर्दछन् । यावको तरीका एक किसीमको छ भने भक्ते र पाटेको खेल्ने तरिका समान छ । भक्ते र पाटे लौरो र डण्डीको कला हो भने याव खेलाडीको लौरे छेकाई, टुम कटाई र फड्काईमा भर पर्दछ ।




