| सोमवार, साउन १०, २०८३

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसले छोडेको सन्देश

दीपेन्द्र परियार
प्रमुख, सामाजिक विकास कार्यालय, गोरखा

नेपाली समाज धेरै खालको विभेदबाट प्रताडित छ । महिला वा बालिका भएका कारण , दुर्गममा जन्मेका कारण , मधेसि भएका कारण , अपाङ्गता भएका कारण आदि ईत्यादी । त्यो भन्दा चर्को दलन छ दलित भएका कारण । यस्तो लाग्छ यी विभेद भएकै कारण समाज चलेको छ ।अथवा भनौ समाज चल्ने यो पारिस्थितक प्रणाली हो । यसैको कारण समाजको अस्तित्व रहेको छ । भन्दै गरिदै आएको विभेदको ईतिहास करिव पाँच हजार वर्ष पुरानो छ । यो अवधिमा विभेदको तौर तरिका पनि समय अनुसार नै बदलिदै आयो तर विभेदको अवस्था उस्तै रह्यो ।

हिजो जस्तै विभेद आज छैन र आज जस्तो विभेद भोली हुँदैन तर विभेद चाँही पुस्तान्तरण हुँदै, रुप फेरिदै गईरहेको छ । छोईन नहुने विभेदको रुप आज वहुरुपी भैरहेको छ । आज छोईने नछोईने संग विभेदको खास साईनो छैन , पाईला टेक्ने नटेक्नेबाट विभेद धेरै टाढा पुगिसकेको छ । आजको विभेद महसुस गर्न सकिने तर भन्न नसकिने नयाँ अवतारको रुपमा विकसित भएको छ । आजको विभेद आँखाले नदेखिने तर मन दुख्ने रुपमा छ । आजको विभेद दिमागले होईन भन्न सकिने तर दिलले विभेद हो भन्ने अवस्थामा छ । समग्रमा आजको विभेद मानसिक रुपमा प्रताडित गर्ने खालको छ । अत यो समयको विभेद वहुआयामिक र बहुरंगी बनेको छ ।

कोरोना भाईरसले आफुलाई अपग्रेड गरे जस्तै विभेदले पनि परिमार्जन गरिरहेको छ । तेसैले आजको विभेद दलित समुदाय भएर सोच्न सक्ने महान मान्छेले मात्र बुझ्न सक्छ । समाजको आधुनिकरण संगै विभेदको स्वरुप पनि आधुनिक हुँदै गएको छ । यस्तो निकृष्ट व्यवहारबाट मुक्त हुनको लागि हजारौ मान्छेहरुले जीवन त्याग गरेका छन् । विभिन्न सामाजिक राजनीतीक आन्दोलन गर्दै आईरेका थिए र छन् । जसको फलस्वरुप पुनर्स्थापित प्रतिनिधि सभा २०६३ ले जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो ।

यो हजारौ वर्ष देखि शोषित पीडित समूह प्रति राज्यले लिन खोजेको अग्रगामी ऐतिहासिक कदमको सुरुवात थियो । संगै राज्य जात व्यवस्थामा आधारित थियो र छ भन्ने स्वीकारोक्ति समेत हो । तत्पश्चात दलितको हक संविधानमा नै लिपीबद्द भयो । भने सामाजिक समावेशिताको प्रावधान ऐनमा नै व्यवस्थित गरेर पिछडिएको दलित समुदायलाई पनि संवोधन गर्ने जमर्को गर्यो ।

यसै सन्दर्भमा नेपालमा पनि २०६३ यता जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस विविध तरिकाले मनाईदै आईरहेको देखिन्छ । र्याली ,अन्तरक्रिया लगाएत बौद्दिक विचार विमर्शहरु सरकारी तथा गैरसरकारी तवरबाट सम्पन्न हुँदै आएका छन् । यस खालका कार्यक्रममा दलित र गैरदलित दुबै समुदायको महत्वपूर्ण सहभागिता रहेको देखिन्छ । यस खालका दिवसमा गरिने क्रियाकलापले यसको महत्व अर्थ र औचित्य अझै थपेको छ । प्रस्तुत लेख २०८० जेठ २१ गते गोरखा जिल्ला स्थित जिल्ला समन्वय समितिमा भएको अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासा , सबाल र सुझावमा आधारित रहेको छ ।

समाजमा व्याप्त रहेको जातीय विभेद घट्ने देखिन्छ तर हट्ने देखिदैन । यसको समूल अन्त्यको लागि उत्पीडित समुदायको शिक्षा र स्वास्थ्या नै वड्ता जोड दिनु पर्ने देखिन्छ । सरकारी स्तरबाट शिक्षा र स्वास्थ्यमा लगानी भएको पनि छ तर अपुग छ भन्ने गुनासो सुनिन्छ । विद्यालय स्तरको पाठ्यक्रममा ५ बर्ष मात्र पनि विभेदलाई अन्त्य गर्ने विषयमा पठन पाठन हुने हो भने पनि यसले आमूल परिवर्तन ल्याईदिन सक्छ ।

आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा जातीय विभेद गलत हो यो कानूनी हिसावले पनि दण्डनीय छ र मानवीय हिसावले पनि क्रुर व्यवहार हो भन्ने धारणाको विकास गराउन सके नेपाल दसै बर्षमा जातीय विभेदको उन्मूलनको नजिक पुग्दछ । तेसपछि अहिले गरिएको संख्यात्मक समावेशिता स्वतः हटेर जान्छ । विभेद हटे समावेशिताको चिन्ता लिनु पर्दैन त्यो निस्क्रिय भैहाल्छ । विभेद भए सम्म समावेशिता जरुरी हुन्छ । समतामूलक समाजमा आरक्षणको अर्थ र ‌औचित्य हुँदैन ।

एक थरि गैरदलित समुदायको बुझाई के रहेको देखियो भने जातीय विभेदको समस्या दलितको मात्रै हो । यो बुझाई जति सहती छ त्यो भन्दा बढि घातक छ । सामाजिक हाईरार्की हाम्रो समाजको डरलाग्दो पक्ष हो । यसले समाजमा उँच निचको भावनाको विस्तार गर्छ र सोही अनुसार स्थानको माग गर्छ । विभेदलाई मलजल गर्छ । यसले एयटा पक्ष सामन्त र अर्को पक्ष दास वर्गिकरण गर्दछ ।

खासमा विभेदको समस्या रहे सम्म समृद्द नेपालको सपना देख्न पनि सकिदैन । यो सोचनिय विषय हो कि सिंगो भुगोलको ठूलो संख्या अपमान, वहिष्कार र तिरस्कारमा परेपछि समृद्द नेपाल कसरी होला र रु स्मार्ट शहरको छेवैमा रहेको झुपडि वस्तीको कारण शहर विरुप हुने होईन की स्मार्ट शहरमा वस्ने स्मार्ट मान्छेहरुको वैचारिकी कति कुरुप हो भन्ने हिसावले हेर्नु पर्छ । गगन चुम्बी घरको नजिक रहेको खरको छानोले गगन चुम्बी घरलाई गिज्जाईरहेको हुन्छ । टुकि बालेको घरको नजिक झिलिमिल घरको अर्थ हुँदैन ।

एकका लागि सबै र सबैका लागि एक जरुरी हुन्छ । समाजको विकास एकल होईन संगै हुनुपर्छ । स्रोत साधानको समुचित वितरण हुनु पर्छ । सेवा सुविधाको उपभोगमा विभेद गर्नु हुँदैन । सगसगै हातेमाले गरेको समाज जति सभ्य हुन्छ एक्ले उठेको समाज उति सभ्य हुँदैन । यस्तो समाजले अर्को समाजलाई घृणा द्वेष सिकाउँछ । समृद नेपालको लक्ष्य पुरा गर्न सबै समुदाय विच एकता र सद्भाव हुन जरुरी छ । सहकार्य, समन्वय र सहअस्तित्वले सबैको आत्मा सम्मानलाई सुरक्षित गर्दछ । यसले सबै खालको विकासमा गुणात्मक परिवर्तन ल्याउनेछ ।

पछिल्लो समय दलित समुदायका पढेलेखेका व्यक्तिहरुमा आक्रोश र विद्रोह र बदलाको स्वर सुनिन्छ । विगतमा बाबुबाजेले भोगेका पीडा देखि आफुले भोग्नु परेका अपमानहरुको कारण आक्रोश हुनु अस्वभाविक पनि होईन । विद्रोहले सबै सफलता दिदैन कहिले काँही यसले उल्टो परिणाम पनि दिन सक्छ भन्ने कुरामा हेक्का राख्नु पर्छ । सबै गैरदलितहरु विभेदकै पक्षमा हुन्छन भन्ने मानसिकता पनि त्याग्नु पर्छ ।

प्राप्त भएका उपलब्धीहरुमा गैरदलितहरुको पनि भूमिका भएको कुरा नकार्न मिल्दैन । तेसैले बदलाका भावना छोडेर सबै संगै अघि बढ्ने यात्रामा लामबद्द हुन जरुरी छ । किनकी यो समस्या दलितको मात्र हैन । विभेदको समस्याले समग्र समाजलाई नै अवरोध गरेको हुँदा यो सबैको साझा समस्या हो । यसको समधान पनि सबै मिलेर नै गर्नु पर्छ यसरी प्राप्त हुने समतामूलक समाज चिरस्थायी हुन्छ ।

छलफल अन्तरक्रियामा उठेको सोचनीय विषय के थियो भने( दलित समुदाय भित्रै विभेद रहेकोले पहिले आफै भित्र भएको विभेद हटाउनु पर्छ । यो भनाईमा कुनै शंक छैन की शत्रु संग मुकाविला गर्न आफू भित्र भएको कमजोर पक्षलाई निमिट्यान्न पार्नु पर्छ तर पनि यो विषय आंशिक यथार्थ मात्र हो । तेसो त नेपालको सबै जातजाति भित्र छुवाछुतको समस्याले गाँजेको छ । यसको चर्को समस्या ब्रम्हाण समुदाय र नेवार समुदायमा देख्न सकिन्छ अरु समुदायमा पनि छ ।

यो मानवीय विषय पनि हो र मानवअधिकारको विषय पनि हो । कुनै व्यक्ति वा समुदायमा कमजोरी छ भन्दैमा सबल समुदाय वा व्यक्तिले कुल्चन पाउनु पर्छ भन्ने अधिकार हुँदैन । यसो गर्नु भनेको फेरी पनि दलित समुदायलाई घुमाउरो शैलीमा विभेद गर्छौ भन्ने मनशाय हो । सभ्य जो कोही व्यक्तिले पनि यस खालको सोँच राख्नु दरिद्रपन हो ।

अर्को विषय पनि उत्तिकै जोडतोडका साथ अन्तरक्रियामा सहभागिहरुले उठाउनु भयो त्यो थियो ( दलित शब्द बेठीक । सहभागिको भनाईमा दलित शब्दकै कारण विभेद भएको छ भन्ने रह्यो । यो त ईतिहासका सामान्य अध्ययन पनि रहनेछ भनेर बुझ्नु पर्ने हुन्छ । दलित शब्द राख्नकै लागि सयौ सामाजिक र राजनैतिक आन्दोलन भएको प्रमाण छ । यो शब्द सजिलै संविधानमा नै लिपिबद्द भएको होईन ।

यसका पछाडी व्यवाहारिक र सैद्दान्तिक कारणहरु पनि छन् । समूहकृत भएकै कारण समावेशिता भएको छ । यदी दलित शब्द नहुने हो भने आरक्षणको व्यववस्था कसरी हुन्थ्यो होलारु फेरी आरक्षणको व्यवस्था गर्नको लागि दलित जस्तै अर्को कुनै शब्द त चाहिने थियो होला नि रु यो शब्दले सबै उपेक्षित जातिलाई एकठाउँमा ल्याउन सक्यो र राज्यको संयन्त्रमा सहभागि हुने अवसर प्रदान गर्यो ।

दलित शब्दकै कारण अपहेलित भएको हो भनेर मान्ने हो भने यो शब्द आधिकारीक रुपमा प्रयोग भएको वि। स। २०६३ बाट हो । २०६३ भन्दा अगाडि विभेद थिएन त रु झन त्यो बेलाको विभेदको चित्र त सोच्न पनि सकिदैन । फेरी यस्तो क्लस्टरिङ दलितको मात्रै हो र महिला ,जनजाति, मधेसी लगाएतको पनि छ । अतःदलित शब्दका कारण अपमानित महसुस होईन की गर्व गर्न सक्नुपर्छ ।

गोरखा जिल्ला राजनैतिक हिसावले पनि ऐतिहासिक जिल्ला हो । नेपालका प्रथम शहिद लखन थापा देखि नेपाल एकिकरणका नायक पृथ्वी नारायण शाहा र उनलाई सहयोग गर्ने विसे नगर्ची, मनिराम गाईने, कालु शार्की लगाएत समेत यहि जिल्लामा जन्मे । जनयुद्दका प्रथम शहिद दिल बहादुर रमतेलले समेत यहि जिल्लाका हुन् । यस अर्थमा आफैमा यो जिल्ला ऐतिहासिक छ तर छुवाछुतको जर्जर अवस्था पनि यहिँ नै विद्यमान छ । तसर्थ समग्र जातीय छुवाछुत अभियानमा पनि गोरखा जिल्ला नै अग्रणी भूमिका निर्वाह गर्न सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्