
गोरखाको बिभिन्न कालखण्डको चुनावी नालीबेली
नारायण अधिकारी ‘निश्चल’
२००७ सालको परिवर्तन वा क्रान्तिमा गोरखा जिल्लाको भूमिका ऐतिहासिक छ । वरिष्ठ राष्ट्रवादी नेता राजेश्वर देवकोटाको नेतृत्वको आन्दोलनकारी समूहले गोरखा सदरमुकाम कब्जा गर्न सफल भएको थियो ।
त्यतिबेला सदरमुकाम कब्जा र बडाहाकिमको गिरफ्तारीको उपलब्धी टिक्न चाहिँ जम्मा २ दिन मात्र टिकेको थियो । राजेश्वर देवकोटा स्वयं नै गिरफ्तारीमा परे । राणा पक्षधर सुरक्षा दस्ताले नै प्रशासन कब्जा गरी जिल्ला चलाउन थाल्यो । दिल्ली सम्झौता भएपछि सिंगै देशमा प्रजातन्त्र आयो । त्यसपछि मात्र गोरखा पनि मुक्त भयो ।
२००९ मा त राजेश्वर देवकोटा स्वयंले कांग्रेस छाडे । तिनताको पनि गोरखामा कांग्रेस भन्दा राणापधरहरु नै बलिया थिए । २०१५ सालको निर्वाचनमा गोरखाको दुवै निर्वाचनमा नेपाली कांग्रेसले चुनाव हा¥यो । दुवै निर्वाचन राणा पक्षधरको पार्टी राष्टूवादी गोरखा परिषदले चुनाव जित्यो । २०१५ सालसम्ममा त गोरखा कम्युनिस्ट पार्टी पनि अस्तित्वमा आइसकेको थियो । तर कम्युनिस्ट पार्टी र उसको जनमत कमजोर नै थियो ।
यहाँ रमाइलो कुराचाहिँ चाहिँ के छ भने २०१५ सालको निर्वाचनमा देशैभरि कांगे्रसले चुनाव जित्यो । कांगे्रसले दुईतिहाई बहुमत ल्यायो । उसले दुई तिहाइ्र्र बहुमतको बलमा सरकार बनायो । तर गोरखामा चुनाव जित्ने कमलबहादुर कुवँर र विश्वनाथ सुवेदी दुवै जना कांगे्रस थिएनन् ।
उनीहरु त राजा र राणा पक्षधर वा राष्टूवादी गोरखा परिषदको मान्छेहरु थिए । कांगे्रस सरकारसँग राष्टूवादी गोरखा परिषद र यस पार्टी कमलबहादुर कुँवर र विश्वनाथ सुवेदीको संधर्ष चर्कियो । प्रधानमन्त्री विश्वेश्वर कोइरालाले गोरखामा आफनो पक्षधर बडाहाकिम नियुक्ति गरिदिए । देशमा दुई तिहाई को सरकार छ तर गोरखाली जनता एन्टी कांगे्रस देखिदै गए । कांगे्रस विरोधी जनमतको नेतृत्व पहिले राष्ट्रवादी योगी नरहरीनाथको कर्मवीर महामण्डलले गर्दै गयो । कांगे्रसका विपक्षी जनताहरुलाई तात्कालीन बडाहाकिमले दमन मच्चाउदै गए ।
यहि समय अर्थात २०१७ साल असोजमा योगी नरहरीनाथ गोरखा आए र कर्मवीर महामण्डलको नाममा बडाहाकिमको अड्डा कब्जा गर्न निर्देशन दिएर गए । त्यसको एक महिनापछि २०१७ साल कार्तिक ९ गते तीन हजार गोर्खाली जनताले कांगे्रस सरकारविरुद्ध नारा लगाउदै बडाहाकिमको अड्डामाथि हमला गरे । बडाहाकिमले सुरक्षाकर्मीलाई गोली हान्ने आदेश दिएको हुँदा त्यो दिन ९ जना आन्दोलनकारीहरु मारिए । त्यसपछि गोरखाली जनता झनै कांगे्रस विरोधी देखिए । यो घटना भएको ३ महिना पनि नपुग्दै देशमा निक्कै ठूलो घटना भयो । राजा महेन्द्रले दुईतिहाईको कांगे्रस सरकार अपदस्त गरे ।
उनले व्यवस्था नै परिवर्तन गरिदिए । राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाएर निर्दलीय पञ्चायती व्यवस्था लागु गरे । यसको प्रभाव गोरखामा पनि प¥यो तर कसरी ? पञ्चायती व्यवस्थाको स्थापनासंगै गोरखाको राजनीतिमा के त्यस्तो विरोध परिवेश देखा प¥यो त ? यो धेरै महत्वपूर्ण प्रश्न छ । कर्मविर महामण्डलको निर्देशनमा आन्दोलन गरेको र आफना ९ जना योद्धाहरु गुमाएका ती आन्दोलनकारीहरुको ठूलो जनमत पञ्चायतमा कन्भर्ट भएर बेपत्ता भए ।
पञ्चहरु बलिया र कांगे्रसहरु कमजोर हुन पुगे । कांगे्रसले लगातार पञ्चहरुको प्रतिरोध गरिरहयो । यहि क्रममा कांगे्रसका दुई नेताहरु टेकबहादुर गुरुङ र होमनाथ ढकालहरु अलग समयमा मारिए । पञ्चहरूले कांगे्रसलाई भन्दा कम्यूनिस्टहरुलाई अलिकति नरम व्यवहार देखाए । एउटा अचम्म र आश्चर्य लाग्दो कुरा के छ भने २०३६ सालमा त गोरखाका कम्यूनिस्टहरु र पञ्चहरु मिलेर बहुदल वादीहरुको आमसभामाथि सांघातिक हमला नै गरेका थिए । ठाँटीपोखरी र पालुङटारमा पञ्च र कम्यूनिस्टहरु मिलेर बहुदलवादीहरुलाई खेदो गरेको गोरखाको राजनीतिक इतिहासमा यो अराजनीतिक घटनाको सांगोपांगो समीक्षा आजसम्म भएकै छैन् ।
२०३६ सालपछि पनि पञ्चहरुले कांग्रेस(कम्यूनिस्टलाई दमन गर्दै आए । अब २०४६ सालको राजनीतिक परिवर्तन आयो । निर्दलको पराजय र बहुदलको विजयले गोरखा विचित्र(विचित्रको स्वरूप देखियो सारा गोर्खाली पञ्चहरू कांग्रेसतिर होइन तात्कालीन ‘संयुक्त जनमोर्चातिर पो कन्भर्ट हुन पुगे ।
२०४८ सालमा २०१५ कै जस्तो परिणाम नआएपनि नेपाली कांग्रेसले बहुमत ल्यायो । यसपटक गोरखामा पनि तिनै निर्वाचन क्षेत्रवाट कांगे्रसले चुनाव जित्यो । जबकि २०१५ सालमा मा जिल्लाबाट उसले चुनाव हारेको थियो । २०४८ पछि कांगे्रसको बहुमतीय सरकारले संयूक्त जनमोर्चामा कन्भर्ट भएको हिजोको पञ्चहरूलाई निर्मम दमन मच्चायो ।
२०५२ सालमा सुरु भएको महान जनयुद्धले विस्तारै विस्तार नेपाली काँग्रेको प्रतिरोध गर्दै गयो तर यही वीचमा तिनवटा चुनाव आए । २०५१ को मध्यवधि निर्वाचन, २०५४ को स्थानीय निर्वाचन र २०५६ को आवधिक निर्वाचन । यी तीन ओटा निर्वाचनमा कांग्रेस विरोधी जनमत एमालेमा कन्भर्ट हुन आईपुग्यो । नेपाली कांग्रेसमाथिको प्रतिरोध कार्वाही एमालेले भन्दा नेकपा (माओवादी) ले धेरै गुणा बढाएर लग्यो ।
यसैको परिणाम २०६४ को संविधान सभाको चुनावमा वामपंथी सबै कांग्रेस विरोधी जनमत नेकपा (माओवादी) मा कन्भर्ट भएर संश्लेषित हुन पुग्यो । २०६४ को गोरखाको सबै निर्वाचन क्षेत्रमा नेकपा (माओवादी) ले निर्वाचन जित्यो ।
२०७० को दोस्रो संविधान सभामा पनि गोरखाको शक्ति संतुलनमा पनि कुनै पनि खालको अदली(बदली आएन । २०६४ र २०७० को दुवै चुनावमा जितेको एकीकृत नेकपा माओवादीको दम्भ, घमण्ड, रवाफ र फूर्तीफार्ती भ्यागुताले भुँडी फुलाएर आफ्नै भुँडी फुटाएको कथा जस्तै हुनपुग्यो । एकीकृत नेकपा (माओवादी)को ज्यादति र व्यथिति बयान गरी साध्य भएन् । माओवादीमा व्यापक टुटफुट समेत आयो । यसको प्रत्यक्ष असर २०७४ को स्थानीय चुनावमा देखा प¥यो । ११ वटा स्थानिय तहको चुनावमा माओवादी पुरैै खुम्चिएर दुई वटामा सीमित हुन पुग्यो ।
माओवादी विरोधी जनमत कांगे्रसमा संकेन्द्रित भयो । तु्रुन्तै भएको संघ र प्रदेशको चुनावमा एमाले र माओवादी मिलेर वामगठबन्धन गरे । सुशासन, स्थायित्व र आर्थिक संवृद्धिको असाध्यै भ्रम पार्ने नारा चर्काएका हुनाले देशैभरि ‘वामगठवन्धन’ले विजय हासिल गरे ।
यसको प्रभाव आंशिक मात्रामा गोरखामा पनि प¥यो । संघ र प्रदेशको गरी ६ सिटमा वामगठवन्धनको ३ र वामगठबन्धन इतरको ३ सिट गरी बराबर परिणाम देखा प¥यो ।
यहाँसम्म आइपुग्दा जनतालाई ठगी र किर्तेगरी झुक्याउन कांग्रेस र माओवादी सराबरी देखिए ।
अब २०७९ वैशाख ३० मा स्थानीय चुनाव आउँदै छ । यो भनेको एक महिनापछि मात्र हो । २०७४ पछि गोरखामा बढेको कांग्रेसको व्यापक दवदवा आजसम्म पनि बढिरहेकै छ । देश, काल, परिस्थितिको कुनै आँकलन गर्ने नसक्ने अवस्थामा नेकपा (माओवादी केन्द्र) गोरखामा देखा परेको छ ।
नेकपा (माओवादी केन्द्र) गोरखाले इतिहासकै सबैभन्दा ठूलो भूल गर्दैछ । त्यो भूल भनेको नेपाली कांग्रेससँग ‘चुनावी गठवन्धन’ हो । यदि साँच्चै गोरखामा नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससंग चुनावी गठवन्धन’ गरेर कांग्रेसलाई शिरमा राख्यो भने नेपाली कांग्रेसको दबदवा अरु सयौं गुणा बढ्ने छ । कांग्रेसको दबदबा बढाएको अभिसाप नेकपा (माओवादी केन्द्र) लाई लाग्नेछ ।
प्रजातन्त्र र जनवादको अभ्यासमा अभ्यस्त हुँदै आएका गोरखाली जनताहरु अहिले पनि दुई खेमामा नै ूुवीकृत हुनेछन् । प्रजातान्त्रिक खेमा फेरि पनि नेपाली कांगे्रसमा नै धुवीकृत भएपनि वामपंथी जनमत नेकपा (माओवादी केन्द्रमा) संकेन्द्रित हुने देखिदैन । यसपालि गोरखाका वामपंथी जनमतलाई हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले बहिष्कारमा लैजान प्रयास त गर्छ नै तर त्यो पूरा संभव नहोला । हामी असहमत नै किन नहौ तर यसपालि गोरखाली वामपंथी जनमत नेकपा (एमाले) मा कन्भर्ट हुने पक्कापक्की छ । हुनचाँही समस्याको समाधान यो पनि होईन है । वहस गर्दै गरौला ।
धन्यवाद
२०७८ चैत्र २४ गोरखाबजार




